माधव नेपालले सम्झिए : रामवरणलाई राष्ट्रपति बनाउन मैले पनि विशेष जोड लगाएँ

काठमाडौं, १३ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पहिलो राष्ट्रपति डा. रामवरण यादवको नाम लिँदै उनलाई राष्ट्रपति बनाउन आफूले पनि विशेष जोड लगाएको बताएका छन्। महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमा बोल्दै अध्यक्ष नेपालले जतिखेर राष्ट्रपतिको चर्चा चल्यो त्यतिबेला डा. रामवरण यादवको नाम आफूले पनि सम्झिएको बताएका छन्। उनले गिरिजाबाबुलाई यादवलाई […]

सम्बन्धित सामग्री

तालिबानको शासनमा शिक्षाबाट वञ्चित हुँदै अफगानी  बालिकाहरू

अफगानिस्तानमा तालिबानको दुई वर्षको शासनमा बालिकाहरु धेरै अवसरको अभावले उनीहरूलाई जबरजस्ती विवाह गर्न बाध्य भएका छन् भने धार्मिक विद्यालयहरूमा भर्ना हुन वञ्चित गरिएको छ।११ कक्षा अध्ययन गरेकी फरजानाहले भनिन्, “म दुई वर्षदेखि घरमा बस्दै आएको र पढाइमा पछि परेको छु। मैले सफल डाक्टर बन्ने सपना देखेको थिएँ, तर अब म धार्मिक विद्यालय मात्र जान सक्छु।”उनले महिलालाई पनि पुरुषले जस्तै समाजमा शिक्षा र रोजगारीको समान अधिकार भएकोमा जोड दिइन्। यसबाहेक, महिला अधिकारकर्मीहरूले यी अभ्यासहरूलाई खतरनाक र

कांग्रेसले गठबन्धनमा धेरै जोड गर्‍यो, दुर्भाग्यवश प्रचण्डजीले तोडेर जानुभयो

कांग्रेसको हातबाट सरकारको नेतृत्व फुत्कियो । पहिलो पार्टी प्रतिपक्षमा बस्ने अवस्था आयो । सरकार गठनमा आएको फेरबदललाई कसरी हेर्नुभएको छ ? मैले त चुनावअघि नै पटकपटक भन्दै आएको हो, निर्वाचनपछि गठबन्धन गरौँ भनेर ।...

'दुई वर्षपछि विद्युतमा आत्मनिर्भर हुन्छौँ'

‘२ वर्षपछि हामी विद्युतमा आत्मनिर्भर हुन्छौं। मैले भनिराखेको छु–५ वर्षपछि हामी वार्षिक २ खर्ब रुपैयाँ बराबरको विद्युत निर्यात गर्छौं। त्यो आन्तरिक खपत बढाएर हो। आन्तरिक खपत बढाउनका लागि जनचेतनाको अभिवृद्धि र पूर्वाधार विकासमा हामीले जोड दिएका छौं।’...

बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौं । आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत बजेट र त्यसमा व्यवस्था गरिएका विषयको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल आर्थिक संघ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र अर्थ मन्त्रालयको सहकार्यमा बिहीवार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि बजेटको कार्यान्वयन अपरिहार्य रहेको बताइएको छ । कार्यक्रममा वरिष्ठ अर्थशास्त्री तथा नेपाल आर्थिक संघका अध्यक्ष प्राडा विश्वम्भर प्याकुर्‍यालले बजेटका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । बजेट समग्रमा सकारात्मक भए तापनि राजस्व लक्ष्य प्राप्तिमा कठिनाइ हुने, मुद्रास्फीति र सार्वजनिक ऋण थप बढ्न सक्ने उनले बताए । अर्थविद् डा पोषराज पाण्डेले तथ्यांक केलाउँदा बजेट आशा मात्र जगाउने खालको देखिएको बताए । वरिष्ठ अर्थविद् प्राडा गोविन्द्र नेपालले बजेट समावेशी र रूपान्तरणकारी भएको भन्दै विभिन्न कार्यक्रम तथा परियोजनाको कार्यान्वयनका लागि गहिरो अध्ययन आवश्यक रहेको औंल्याए । सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले कृषि, उत्पादन, रोजगारी, आयात प्रतिस्थापन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित भई बजेट आएको बताए । यद्यपि तरलता अभावको समस्या समाधानका विषयमा भने ठोस योजना आउन नसकेको उनको भनाइ छ । कर छूटका कतिपय व्यवस्थाले निर्यात प्रवर्द्धनभन्दा आयातलाई प्रश्रय दिने शंका उत्पन्न भएको उनले बताए । अर्थसचिव मधुकुमार मरासिनीले अर्थतन्त्रमा केही चाप परेको अवस्था देखिएको भए तापनि तथ्यांकीय हिसाबबाट बजेट सीमाभित्रै रहनेगरी ल्याइएको बताए । ‘बजेट राजनीतिक–आर्थिक दस्तावेज पनि भएकाले केही महत्त्वाकांक्षा यसले पनि बोकेको छ,’ उनले भने, ‘तर प्राकृतिक स्रोतले भरिपूर्ण र अपार सम्भावना बोकेको हाम्रो देशमा बजेटले निर्देश गरेका विषयको कार्यान्वयन भए आर्थिक समृद्धिमा टेवा पुग्नेछ ।’ अर्थ मन्त्रालयका वरिष्ठ सल्लाहकार डा. सुरेन्द्र उप्रेतीले आमजनता र सरोकारवाला सबै क्षेत्रको अपेक्षा र आवश्यकता समेट्दै बजेट आएको बताए । ‘बजेटले प्रदेश र स्थानीय निकायलाई ठूलो मात्रामा वित्तीय हस्तान्तरणसहित सशक्त बनाएकाले प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ,’ उनले भने । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले बजेटले सबैको चाहना र मागलाई समेटेको बताए । ‘हरेक सरोकारवाला पक्षसँग छलफल तथा अन्तरक्रिया गरी प्राप्त सुझाव, आवश्यकता, अपेक्षा र सिफारिशका आधारमा निर्माण गरिएकाले यो बजेट तपाईंहरूको हो, प्रतिनिधिको रूपमा मैले प्रस्तुति मात्र गरेको हुँ,’ उनले भने, ‘अब सबैले अपनत्व ग्रहण गरी प्रतिबद्ध भएर कार्यान्वयनतर्फ लागौं ।’ बजेट कार्यान्वयनमा सहयोग गरेर मुलुकलाई आत्मनिर्भर र समाजवादउन्मुख सबल अर्थतन्त्र निर्माण गर्ने लक्ष्यमा सहयोग गर्न सबै पक्षहरूलाई उनले आग्रह गरे ।

गठबन्धनको गलत ‘ग्राफ्टिङ’

कांग्रेस र माओवादीबीच भएको गठबन्धन फरक प्रजातीको विरुवाको गलत जोड जस्तै लाग्छ लामालाई। ‘मैले सुन्तलाको बोटमा जुनार, कागती र भोगटेसमेत जोडेर फलाएको छु,’ लामा भन्छन्, ‘तर आरुको बोटमा सुन्तला जोडेर कहिल्यै फलाउन सक्दिनँ।’...

मैले गरेको वाचा एक वर्षभित्र सम्पन्न हुन्छ : प्रचण्ड

चितवन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनै तहको निर्वाचनसम्म गठबन्धन जारी रहने बताएका छन्। बिहीबार जिल्लाको माडी नगरपालिका-९ राईडाँडामा कुसुमखोला नमुना चेपाङ बस्तीको आज उद्घाटन गर्दै उनले आन्तरिक शक्ति बलियो बनाउन लाग्नुपर्नेमा जोड दिए। स्थानीय, प्रदेश र संघीय निर्वाचनमा अहिलेको सत्ता गठबन्धनसँगै अघि बढ्ने भन्दै अध्यक्षले गठबन्धन हुँदै गर्दा पनि आन्तरिक शक्ति बलियो हुनुपर्ने बताए। आउँदो निर्वाचनमा पार्टीलाई बलियो सावित गर्न गाउँ तहमा सङ्गठन बल

अप्राकृतिक गठबन्धन छाडेर एक्लै चुनावमा जान शेखर काेइरालाकाे प्रस्ताव

काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी एक्लै चुनावमा जानु पर्नेमा जोड दिएका छन्। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा आफ्नो मन्तव्य राख्दै काेइरालाले गठबन्धन अप्राकृतिक भएकाे बताएका छन्।‘मैले बिगतदेखि नै कांग्रेसले कांग्रेसलाई अर्थात रुख छापमै मतदान गर्न पाउनु पर्छ भन्दै आएको तथ्यलाई यहाँ स्मरण गराउन चाहन्छु,’ कोइरालाले भनेका छन्, ‘यसको अभिप्राय भनेको हाम्रो राजनीतिक आदर्श विपरित अप्राकृतिक गठबन्धन गर्नुको साटो पार्टीभित्र सुदृढ एकता कायम गर्दै,

काउन्सिल निर्वाचन : सदस्यका उम्मेदवार डा सन्दिपको जोड काउन्सिलको न्यायिक कार्यमा

चिकित्सकहरुलाई पनि कानुनको जानकारी हुनुपर्छ भनेर मैले चिकित्सा शिक्षा अध्ययनसँगै कानुन विषयमा पनि स्नातक गरेको छु। चिकित्सकमाथि प्रशासकको हेपाह प्रवृत्ति नहोस् भनेर मैले कानुन पनि जान्नुपर्छ भन्ने सोचले कानुन पढेको हुँ।