अप्राकृतिक गठबन्धन छाडेर एक्लै चुनावमा जान शेखर काेइरालाकाे प्रस्ताव

काठमाडौं : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी एक्लै चुनावमा जानु पर्नेमा जोड दिएका छन्। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा आफ्नो मन्तव्य राख्दै काेइरालाले गठबन्धन अप्राकृतिक भएकाे बताएका छन्।‘मैले बिगतदेखि नै कांग्रेसले कांग्रेसलाई अर्थात रुख छापमै मतदान गर्न पाउनु पर्छ भन्दै आएको तथ्यलाई यहाँ स्मरण गराउन चाहन्छु,’ कोइरालाले भनेका छन्, ‘यसको अभिप्राय भनेको हाम्रो राजनीतिक आदर्श विपरित अप्राकृतिक गठबन्धन गर्नुको साटो पार्टीभित्र सुदृढ एकता कायम गर्दै,

सम्बन्धित सामग्री

कांग्रेस बैठक र सरकारको छवि

यतिखेर नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बसिरहेको छ । बैठकले के कस्ता निर्णय गर्छ भनेर आम जनताले हेरिरहेका छन् । पार्टीहरूको छवि र साख नै उसले गर्ने निर्णयमा आधारित हुन्छ । महामन्त्री गगन थापाले महासमितिमा गरेको ‘चुनावमा कसैसँग गठबन्धन नगर्ने’ प्रस्ताव, अर्का महामन्त्री विश्वप्रकाश शर्माको प्रधानमन्त्री दुई पटकभन्दा बढी हुन नपाइने र शेखर कोइरालाको समयमै महाधिवेशन गर्नुपर्ने प्रस्तावलाई अहिलेको बैठकले कुन रूपमा सम्बोधन गर्छ ?

कांग्रेसको कोइराला समूहले भन्यो– ‘गठबन्धन गर्ने निर्णय केन्द्रबाट गर्न मिल्दैन’

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा स्थानीय तहको चुनावमा सत्ताघटक दलहरूबीच चुनावी गठबन्धन गर्ने प्रस्ताव लैजाने तयारीमा छन् । उनले सत्ताघटक दलहरूलाई केन्द्रीय समितिबाट गठबन्धन गर्नेबारे सैद्धान्तिक निर्णय गर्ने वचन समेत दिइसकेका छन् । तर, नेता शेखर कोइराला पक्षले भने चुनावमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा पार्टीको केन्द्रीय कार्यसमितिले निर्णय गर्न नमिल्ने दाबी गरेका छन् ।

बार चुनावमा गठबन्धन नगर्न शेखरको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)ले बारको चुनाव एक्लै लड्नुपर्ने बताएका छन् । बिहीबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनले कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसीएसनको चुनावमा कसैसँग गठबन्धन गर्न नहुने उल्लेख गरेका छन् ।  नेता कोइरालाले कांग्रेस निकट डीएलले बिधिको शासन स्थापना गर्न भूमिका महत्त्वपूर्ण भूमिका...

प्रचण्डलाई भेटेर कोइरालाले भने : म चुनावी गठबन्धनको पक्षमा छैन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ । नेता कोइराला भेटवार्ताका लागि आज (बिहीबार) बिहान प्रचण्ड निवास खुमलटार गएका थिए । भेटमा एमसिसी, स्थानीय चुनाव लगायतका विषयमा छलफल भएको थियो । भेटमा अध्यक्ष प्रचण्डले चुनावमा गठबन्धन गरेर जान प्रस्ताव राखेका थिए । तर […]

खुमलटारमा प्रचण्ड र शेखर कोइरालाबीच भेटवार्ता

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ। नेता कोइराला भेटवार्ताका लागि बिहीबार बिहान प्रचण्ड निवास खुमलटार गएका हुन्। भेटमा एमसीसी, स्थानीय चुनाव लगायतका विषयमा छलफल भएको बताइएको छ। भेटमा प्रचण्डले चुनावमा गठबन्धन गरेर जान प्रस्ताव राखेका थिए।