सोलुखुम्बुमा मतदातालाई घर लैजाने विषयमा भएको झडपमा एक जनाको ज्यान गयो

साेलुखुम्बु - सोलुखुम्बुको सोताङ गाउँपालिका–३ मा मतदातालाई घर लैजाने विषयमा भएको झडपमा एक जनाको ज्यान गएको छ । हिजो बेलुका कांग्रेस र माओवादी कार्यकर्ताबीच भएको झडपमा ३५ वर्षका सुदीप राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । मत खसाल्न ल्याएको तर मतदान पछि घर पुर्याउन बेवास्ता गरेको विवादमा झडप हुँदा घाइते भएका राईको जिल्ला अस्पताल फाप्लुमा उपचारका क्रममा ज्यान गएको प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले जानकारी दिनुभयो । घटनामा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका जिल्ला ...

सम्बन्धित सामग्री

मावि शिक्षकमा जागिर खुल्यो, ४३६ जना शिक्षक माग

काठमाडौं : शिक्षक सेवा आयोगले माध्यमिक तहको तृतीय श्रेणी शिक्षक पदको विज्ञापन खुलाएको छ। आयोगले आइतबार जारी गरेको विज्ञापनअनुसार ४३६ जना शिक्षकको लागि विज्ञापन सार्वजनिक भएको छ।आयोगले सातै प्रदेशमा गरेर नेपाली विषयको लागि ६७ जना,अंग्रेजी विषयको लागि ७९ जना,गणित विषयको लागि ८५ जना शिक्षक माग गरेको छ। विज्ञापन विषयमा १ सय २४ जना, सामाजिक विषयमा ५३ जना,अर्थशास्त्र विषयमा ७ जना शिक्षक माग गरेको हो।यस्तै,कार्यालय सञ्चालन तथा लेखा विषयमा १५ जना,संस्कृत व्याकरणमा ३,कम्युटर विज्ञान विषयको लागि ३ जन

दुई जना कैदीबन्दी भागेको विषयमा छानविन गर्न समिति गठन

उपचारका लागि क्षयरोग निवारण संस्था विराटनगरमा भर्ना भएका दुई जना कैदी फरार भएको विषयमा छानविन गर्न प्रदेश १ प्रहरी कार्यालयले समिति गठन गरेको छ ।प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक जय राज सापकोटाको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन भएको हो । छानविन समितिलाई घटना सम्बन्धमा वास्तविकता के भएको हो, स्थलगत रुपामा खटी गई सत्य तथ्य छानबिन गरी १० दिन भित्र रायसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।उपचारका लागि क्ष

राहतका विषयमा काँग्रेस-एमाले कार्यकर्ताबीच झडप, १८ जना घाइते

काठमाडौँ । कोरोना महामारीबाट प्रभावित अति विपन्न परिवारलाई राहत बाँड्ने विषयमा झडप हुँदा पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा १८ जना घाइते भएका छन् । गाउँपालिकाको वडा नम्बर ५ मा राहत वितरण दलीय भागबण्डाका आधारमा गर्ने विषयमा कुरा नमिल्दा उत्पन्न विवादले उग्ररुप लिँदा नेपाली काँग्रेस र एमालेका जनप्रतिनिधिबीच झडप भएको थियो । कोरोनाका समयमा घरमा कसैको पनि […]

राहत भाग लगाउने विषयमा कांग्रेस-एमाले कार्यकर्ताबीच कुटाकुट, १८ जना घाइते

३२ असार,बुटवल । कोरोना महामारीबाट प्रभावित अतिविपन्न परिवारलाई राहत बाँड्ने विषयमा झडप हुँदा पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा १८ जना घाइते भएका छन् । गाउँपालिकाको वडा नं. ५ मा राहत वितरण दलीय भागबन्डाका आधारमा गर्ने विषयमा कुरा नमिल्दा उत्पन्न विवादले उग्ररुप लिंदा नेपाली कांग्रेस र एमालेका जनप्रतिनिधिबीच झडप भएको थियो । कोरोनाका समयमा घरमा कसैको पनि […]

खेलाडीहरूसँगको विवादको विषयमा अल्मुताइरीले विज्ञप्ति निकाल्ने

रोहित चन्द लगायतका खेलाडीहरूसँगको विवादको विषयमा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले विज्ञप्ति जारी गर्ने भएका छन् । होस्टेल र होटलमा बस्ने विषयमा खेलाडीसँग प्रशिक्षक रिसाउँदा ९ खेलाडी विद्रोहमा उत्रेका हुन् ।यसै विषयलाई लिएर ९ जना खेलाडी प्रशिक्षणमा सहभागि भएनन् । यस विषयमा अहिले खेलाडीहरूले बोल्न मानेका छैनन् ।‘अहिले हामीले नबोल्ने भनेका छौं । प्रशिक्षकले विज्ञप्ति निकाल्ने भन्ने कुरा छ । त्यसपछि मात्र हामी आधिकारिक रुपमा धारण राख्नेछौँ’ प्रशिक्षणबाट बाहिरिएका एक खेलाडीले रातोपाटीलाई

विद्यालय व्यवस्थापन समिति गठन गर्ने विषयमा भएको झडपमा १९ घाइते, दुई जना पक्राउ

वीरगञ्ज– रौतहटको माधवनारायण नगरपालिकामा विद्यालय व्यवस्थापन समिति गठन गर्ने विषयमा दुई समूहबीच झडप भएको छ। माधवनारायण नगरपालिका–४ मा रहेको विद्यालयमा व्यवस्थापन समिति गठन गर्ने विषयमा वडा नम्बर ४ का अध्यक्ष रामदेनी मुखिया र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष देवनारायण भगत मालीको समूहबीच झडप भएको हो। झडपमा परेर दुबै समूहका गरी १९ जना घाइते भएको इलाका प्रहरी […]

रुकुम पश्चिममा घोडा र ट्र्याक्टर ठोक्किएको विषयमा विवाद हुँदा दुई जना घाइते

रुकुम पश्चिम - रुकुम पश्चिममा घोडा र ट्र्याक्टर ठोक्किएको विषयमा विवाद हुँदा दुई जना घाइते भएका छन् । आठबिसकोट नगरपालिका-३ खदीमा भएको विवादमा गोपाल विक र राजु विक गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताउनुभयो । सामान बोकेको घोडा र ट्र्याक्टर ठोक्किएको विषयमा विवाद भएको पनि उहाँले जानकारी दिनुभयो । झगडा गरेको आरोपमा गोपाल बोहरासहित केहीलाई प्रहरीले सोधपुछका लागि पक्राउ गरेको पनि प्रमुख प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

रौतहटमा भेलको विषयमा झडप हुँदा १५ जना घाइते

राैतहट – रौतहटमा भेलको पानी अर्काकाे खेतमा लगाइदिएकाे विषयमा झडप हुँदा १५ जना घाइते भएका छन् । मौलापुर नगरपालिका वडा नम्बर १ का मुलावी साहले हृदय यादवको खेतमा भेलको पानी लगाइदिएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहले जानकारी दिनुभयो । घटनामा साह पक्षका ८ जना र यादव पक्षका ७ जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको एसपी शाहले बताउनुभयो । घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । अहिले अवस्था सामान्य रहेको उहाँले बताउन...

खेतमा पानी लगाउने विषयमा रौतहटको मौलापुरमा झडप, १५ जना घाइते

१२ असार, रौतहट । रौतहटको मौलापुरमा खेतमा पानी लगाउने विषयमा शनिबार बिहान झडप हुँदा १५ जना घाइते भएका छन् । मौलापुर नगरपालिका-१ स्थित मर्यादपुरमा मुलावी साहले हृदय यादवको खेतमा पानी लगाइदिएपछि विवाद हुँदा भएको झडपमा दुवै पक्षका गरी १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए । एसपी शाहका अनुसार […]