बालुवाटार र बालकोट दुबैतिर वार्ता गर्दै जसपा

२० असोज, काठमाडौं । सत्ता गठबन्धनको बैठक बिहीबार विहानैदेखि प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बसिरहेको छ । बैठकमा जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र प्रवक्ता मनिष सुमन छन् । अध्यक्ष उपेन्द्र यादव भने एमाले नेतृत्वसँग छलफलमा जुटेका छन् । सत्ता गठबन्धनमा प्रस्तावित भागवण्डाप्रति असन्तुष्ट जसपाले कार्यकारिणी समितिबाटै अरु दलसँग तालमेल खुला गर्ने निर्णय गरेको […]

सम्बन्धित सामग्री

ओली र गृहमन्त्री लामिछानेबीच बालकोटमा वार्ता

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरे लगत्तै लामिछाने बालकोट पुगेका हुन् ।

बालुवाटार र बालकोट दुवैतिर बार्गेनिङ गर्दै जसपा

काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनका लागि प्रत्यक्षतर्फको उमेदवारी दर्ताको मिति नजिकँदा पनि दलहरूले सिटबाँडफाँडको टुंगो लगाउन सकेका छैनन् । सत्तरूढ दल जनता समाजवादी पार्टी (जसपा) गठबन्धन र प्रतिपक्षी नेकपा (एमाले)सँग समानान्तर वार्ता गरिरहेको छ ।  बालुवाटारमा दलका नेताहरूलाई छाडेर जसपा अध्यक्ष उपेन्द्र यादव बिहीबार एमाले नेता रघुवीर महासेठ निवास...

झण्डै २ घण्टा बसेर बालकोटबाट बाहिरिए देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच झण्डै दुई घण्टा लामो वार्ता भएको छ । ओली निवास बालकोटमा राति ८ बजेर ५० मिनेटमा बालकोट पुगेका देउवा राति सवा १० बजे बालुवाटार फर्किएका हुन् । योबीचमा देउवा र ओलीबीच दुई चरणमा छलफल भयो । पहिलो चरणमा छलफल सकेर बालुवाटार फर्किन लागेका देउवाले फेरि फर्किएर ओलीसँग छलफल गरेका थिए । छलफल एमसीसीको विषयमा केन्द्रीत रहेको बताइएपछि देउवा र ओलीको तर्फबाट कसैले पनि प्रतिक्रिया दिन मानेका छैनन् । सत्तारुढ गठबन्धनमा एमसीसीबारे सहमति हुन नसकेपछि देउवा ओलीको सहयोग...

देउवा–ओलीबीचको वार्ता सम्पन्न, प्रतिक्रिया नदिइकन बाहिरिए देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता सकिएको छ।  राती सवा १० बजे देउवा बालकोटबाट बालुवाटार फर्किएका हु्न। बालकोटबाट बाहिरिने क्रममा देउवाले कुनै प्रतिक्रिया दिन मानेनन् ।सत्ता गठबन्धनको बालुवाटारमा बिहीबार साँझ बसेको बैठकमा एमसीसीबारे सहमति हुन नसकेपछि देउवा ओली भेट्न बालकोट पुगेका हुन् । देउवाले बालकोटमा ओलीसँग दुई चरण वार्ता गरे । पहिलो चरणको वार्ता गरेर फर्किएका देउवा फेरि बालकोट नै फर्किएका थिए ।देउवा ओली भेट्न राति ८ बजेर ५० मिनेटमा ओली निवास पुगेका थ

बालुवाटार हिँडिसकेका देउवा फेरि फर्किए, एमालेका एक दर्जन नेता पनि बालकोटमा

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता सकेर बाहिरिएका प्रधानमन्त्री शेरबहादुर देउवा फेरि फर्किएका छन् । उनी अर्को चरणमा छलफलका लागि पुनः बालकोट फर्किएका हुन् । अहिले एमालेका एक दर्जन नेताहरु पनि बालकोटमा भेला भएका छन् । बालकोटमा भेला भएपनि एमालेका अन्य नेताहरु भने बैठकमा सहभागी छैनन् । बालकोट भेटमा प्रधानमन्त्री पत्नी आरजु देउवा राणा पनि सहभागी छिन् । गठबन्धनमा एमसीसीबारे सहमति नभएपछि देउवा रातारात ओली भेट्न पुगेका हुन् ।भेटपछि देउवाले चाल्ने कदमलाई महत्वका साथ हेरिएको छ ।