बालुवाटार हिँडिसकेका देउवा फेरि फर्किए, एमालेका एक दर्जन नेता पनि बालकोटमा

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता सकेर बाहिरिएका प्रधानमन्त्री शेरबहादुर देउवा फेरि फर्किएका छन् । उनी अर्को चरणमा छलफलका लागि पुनः बालकोट फर्किएका हुन् । अहिले एमालेका एक दर्जन नेताहरु पनि बालकोटमा भेला भएका छन् । बालकोटमा भेला भएपनि एमालेका अन्य नेताहरु भने बैठकमा सहभागी छैनन् । बालकोट भेटमा प्रधानमन्त्री पत्नी आरजु देउवा राणा पनि सहभागी छिन् । गठबन्धनमा एमसीसीबारे सहमति नभएपछि देउवा रातारात ओली भेट्न पुगेका हुन् ।भेटपछि देउवाले चाल्ने कदमलाई महत्वका साथ हेरिएको छ ।