निर्वाचन आयोगले आइतबार जनता समाजवादी पार्टी (जसपा) को विवादबारे गरेको फैसलाप्रति सो पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कटाक्ष गरे– ‘यो त वादी र प्रतिवादी दुबै दोषी हुन्, मिलेर बस्नु भनेजस्तै भयो ।’मंगलबार माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि आयोगको निर्णय क्षमता र स्वच्छ भूमिकामाथि प्रश्न उठाए । उनले निर्वाचन आयोग सरकारको कठपुतली भएको आरोप लगाए ।आयोगको निर्णय निष्पक्ष नभएको भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालत जाने तयारी ग