सर्वोच्चमा महन्थ : साह्रै अन्याय भयो, निर्वाचन आयोगको निर्णय बदर गरियोस्

काठमाडौं : निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि संकटमा फसेका नेता महन्थ ठाकुर सर्वोच्च पुगेका छन्। शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गर्दै ठाकुरले आफू अन्यायमा परेको भन्दै आयोगको निर्णय खारेज गर्न माग गरेका छन्। निर्वाचन आयोगको साउन ११ गतेको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भई यस पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने संभावना रहेको भन्दै ठाकुरले रिटको अन्तिम टुंगो नलाग्दासम्म आयोगको निर्णय कार्यान्वयन नगर्न