भारतको उत्तराखण्डका मुख्यमन्त्री तीरथसिंह राउतले पदबाट राजीनामा दिएपछि आज शनिवारै नयाँ दल नेता चुनिने भएको छ ।
नयाँ दल नेता चयनका लागि भारतीय जनता पार्टी (भाजपा) विधायक दलको बैठक दिउँसो ३ बजे बोलाइएको छ ।
बैठकले दल नेता चुनेको व्यक्ति नै उत्तराखण्डको नयाँ मुख्यमन्त्री बन्नेछन् । शनिवारै नयाँ मुख्यमन्त्रीको शपथ हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
नयाँ मुख्यमन्त्रीको नाममा भाजपाका पूर्व प्रदेश अध्यक्ष बिशनसिंह चुफाल र पूर्व मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतको नाम चर्चामा छ ।
उत्तराखण्डको नयाँ मुख्यमन्त्री चयनमा नयाँदिल्...