सिटिजन्स बैंक इन्टरनेसनलले देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरूलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पु-याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरेको जनाएको छ । यसै क्रममा बैंकले सिन्धुली जिल्लाकोे सुनकोसी गाउँपालिका खाल्टेमा १०१ औं शाखारहित बैंकिङ सेवा आरम्भ गरेको भन्दै सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी कीर्तिमान नेपालीलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको पनि जनाएको छ ।