माघ महिनाको सुरुवातदेखि बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह ह्वात्तै बढेको छ ।
नेपाल बैङ्कर्स एसोसिएसनको तथ्याङ्कअनुसार गत एक हप्तामा बैङ्कहरूको निक्षेप सङ्कलन पाँच अर्ब रुपियाँले बढेको छ भने कर्जा लगानी २० अर्ब रुपियाँले बढेको छ । अघिल्लो साता पनि निक्षेप सङ्कलन १० अर्बले बढ्दा कर्जा लगानी २१ अर्ब रुपियाँले बढेको थियो ।
माघ १० गतेसम्ममा बैङ्कहरूको निक्षेप सङ्कलन ३७ खर्ब ८४ अर्ब रुपियाँ पुगेको थियो भने कर्जा लगानी ३२ खर्ब ८८ अर्ब रुपियाँ पुगेको छ ।
आर्थिक वर्ष २०७७÷७८ को छ महिनामा कुल आन्तरिक कर्जा ८.२ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७७ पुस मसान्तमा यस्तो कर्जा २०.१ प्रतिशतले बढेको छ । सोही अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ११ प्रतिशतले
बढेको छ ।