श्रीलङ्कामा एक करोड व्यक्तिले कोभिड–१९ विरूद्धको खोप लगाए

एजेन्सी। श्रीलङ्कामा एक करोड व्यक्तिलाई कोभिड–१९ विरूद्धको खोप लगाइएको मङ्गलबार सार्बजनिक यहाँको सरकारी तथ्याङ्कले देखाएको छ। श्रीलङ्कामा यसै बर्षको जनवरीदेखि कोभिड–१९ विरूद्धको खोप कार्यक्रम सञ्चालन भएदेखि कोभिड–१९ खोपको पहिलो मात्रा लगाउनेको संख्या एककरोडभन्दा माथि पुगेको औषधी उत्पादन,आपूर्ति र नियमन राज्य मन्त्री चन्ना जयसुमानाले बताए। श्रीलंकामा ३०वर्षभन्दा माथिको कुल जनसंख्या एककरोड १५ लाख रहेको खोप लगाउन बाँकी छ।

सम्बन्धित सामग्री

श्रीलंकामा एकैपटक लिटरमा ४० रुपैयाँले घट्यो पेट्रोलको मूल्य

विश्व बैंकले यस वर्ष अर्थतन्त्र ९.२ प्रतिशतले खुम्चिने चेतावनी दिएपछि सङ्कटग्रस्त श्रीलङ्काले सोमबार इन्धनको मूल्य घटाएको छ । ऊर्जा मन्त्रालयले पेट्रोलको मूल्य सोमबार रातिदेखि प्रतिलिटर ४० रुपैयाँले घटाएर ३ सय ७० रुपैयाँ ( करिब १.०२ अमेरिकी डलर) कायम गरिएको जनाएको छ ।तर नियमित पेट्रोलको मूल्य गत वर्ष सङ्कट सुरु हुनुअघिको तुलनामा अझै दोब्बर छ भने डिजेलको मूल्य सन् २०२१ को डिसेम्बरको तुलनामा साढे तीन गुणा बढी छ । श्रीलङ्कामा वैदेशिक मुद्राको अभावसँगै इन्धन खरिदका लागि यस वर्षको सुरुमा सवारी चालकहरूले इन्धन प्राप्त गर्न हप्तौं बिताउनु परेको थियो । इन्धन अभावसँगै देखिएको आर्थिक सङ्कट र खाद्यान्न लगायतका सामानमा अत्यधिक मूल्यवृद्धिले हप्तौंसम्म चलेको प्रदर्शनमा योगदान पु¥याएको थियो । आन्दोलनले उचाई लिँदा तत्कालिन राष्ट्रपति गोटबाया राजापाक्षलाई जुलाईमा पद त्याग गरी देश छोड्न बाध्य बनाएको थियो ।हालैका हप्ताहरूमा पम्पहरूमा इन्धनको लागि पर्खनेहरूको लाइन केही कम भएको छ, तर आवश्यक आयातको लागि भुक्तानी गर्न आवश्यक डलरको स्थायी अभावको कारण ईन्धन अझै पनि कडाईका साथ वितरण गरिएको छ । डिजेलको अभावका कारण सार्वजनिक यातायात पनि ठप्प भएको थियो तर अहिले सेवाहरू लगभग सामान्य अवस्थामा फर्केका छन्, यद्यपि यातायात भाडा, अन्य सेवा र सामानहरूको बढ्दो मूल्यजस्तै दोब्बर भएको छ। आधिकारिक वार्षिक मुद्रास्फीति दर ७० प्रतिशतको हाराहारीमा चलिरहेको छ ।विश्व बैंकले श्रीलङ्काको केन्द्रीय बैंकले प्रक्षेपण गरेको ८.७ प्रतिशतको प्रक्षेपणभन्दा आर्थिक सङ्कुचन भयावह हुने चेतावनी दिएपछि पेट्रोल र डिजेलमा पछिल्लो पटक कमी आएको हो । विश्व बैंकले गत साता सार्वजनिक गरेको पछिल्लो विवरणमा आगामी वर्ष पनि अर्थतन्त्र खुम्चिँदै जाने उल्लेख छ । आगामी वर्ष ४.२ प्रतिशतले सङ्कुचन आउने अनुमान गरिएको छ ।कोभिड–१९ महामारी र युक्रेन युद्धका अतिरिक्त श्रीलङ्काको स्वतन्त्रतापछिको सबैभन्दा खराब सङ्कटको आंशिक कारण राजापाक्षले नोभेम्बर २०१९ मा सत्तामा आएपछि घोषणा गरेको कर कटौती पनि हो । यो सङ्कटले सरकारलाई अप्रिलमा ५१ अर्ब अमेरिकी डलर को विदेशी ऋण तिर्न बाधा परेको थियो ।राजापाक्षका उत्तराधिकारी रनिल विक्रमासिङ्घेले केही कर कटौतीलाई उल्ट्याएका छन् र बढी राजस्व सङ्कलनका लागि नयाँ योजनाहरू सार्वजनिक गरेका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चार वर्षका लागि दुई अर्ब ९० करोड अमेरिकी डलर बराबरको आर्थिक सहायता स्वीकृत गरेको छ । तर मुद्रास्फीति नियन्त्रण गर्न र भ्रष्टाचार नियन्त्रण गर्न एउटा सहयोग स्वीकृत भएपनि यो प्याकेज श्रीलङ्काको प्रमुख ऋणदाता चीनलगायतका अन्य ऋणदाताहरूसँग सम्झौताको अधीनमा छ ।

श्रीलङ्कामा एक करोड व्यक्तिले कोभिड–१९ विरुद्धको खोप लगाए

कोलम्बो । श्रीलङ्कामा एक करोड व्यक्तिलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको मङ्गलबार सार्बजनिक यहाँको सरकारी तथ्याङ्कले देखाएको छ । श्रीलङ्कामा यसै बर्षको जनवरीदेखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन भएदेखि कोभिड–१९ खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या एक करोडभन्दा माथि पुगेको औषधि उत्पादन, आपूर्ति र नियमन राज्य मन्त्री चन्ना जयसुमानाले बताएका छन् ।  जयसुमानाले श्रीलंकामा...

श्रीलङ्कामा एक करोड मानिसले कोभिड–१९ विरूद्धको खोप लगाए

श्रीलङ्कामा एक करोड व्यक्तिलाई कोभिड–१९ विरूद्धको खोप लगाइएको मङ्गलबार सार्बजनिक सरकारी तथ्याङ्कले देखाएको छ ।श्रीलङ्कामा यसै बर्षको जनवरीदेखि कोभिड–१९ विरूद्धको खोप कार्यक्रम सञ्चालन भएदेखि कोभिड–१९ खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या एक करोडभन्दा माथि पुगेको औषधी उत्पादन, आपूर्ति र नियमन राज्य मन्त्री चन्ना जयसुमानाले बताए । जयसुमानाले श्रीलंकामा ३० वर्षभन्दा माथिको कुल जनसङ्ख्या एक करोड १५ लाख रहेको खोप लगाउन बाँकी रहेको उक्त उमेर समूहका १५ लाख व्यक्तिलाई आगामी केही सात

श्रीलङ्कामा एक करोडले कोभिड–१९ विरूद्धको खोप लगाए

श्रीलङ्कामा एक करोड व्यक्तिलाई कोभिड–१९ विरूद्धको खोप लगाइएको मङ्गलबार सार्बजनिक सरकारी तथ्याङ्कले देखाएको छ । श्रीलङ्कामा यसै बर्षको जनवरीदेखि कोभिड–१९ विरूद्धको खोप कार्यक्रम सञ्चालन भएदेखि कोभिड–१९ खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या एक करोडभन्दा माथि पुगेको औषधी उत्पादन, आपूर्ति र नियमन राज्य मन्त्री चन्ना जयसुमानाले बताए ।

महामारीका कारण दक्षिण एसियाका लाखौँ बालबालिका गरिबीमाः युनिसेफ

एसियाली आठ मुलुकहरू भारत, पाकिस्तान, अफगानिस्तान, नेपाल, बङ्गलादेश, श्रीलङ्का, मालदिभ्स र भुटान समावेश रहेको दक्षिण एसियामा करिब ६० करोड बालबालिका रहेकोमा झण्डै दुई करोड ४० लाख गरिबीबीच बाँचिरहेका युनिसेफले बताएको छ । “अब तत्काल सुधारको प्रयास नथालिएमा कोभिड–१९ ले प्रभावित सम्पूर्ण जनसङ्ख्याको आशा र भविष्यलाई बर्वादीतर्फ धकेल्नेछ,” युनिसेफका दक्षिण एसिया क्षेत्रीय निर्देशक जाँ गोफले एक विज्ञप्ति जारी गरी उल्लेख गर्नुभएको छ । “महामारीका कारण खोप, पोषण, तथा अन्य अतिआवश्यकीय स्वास्थ्य सेवाहरूलाई विस्तार गर्ने कुरामा समस्या भइरहेको छ ।” युनिसेफले भनेको छ, “बङ्गलादेशमा गरिएको सर्वेक्षणमा महामारीका कारण कतिपय परिवारले दैनिक तीन पटकको खानाको जोहो गर्न नसकिरहेको उल्लेख छ । त्यस्तै श्रीलङ्कामा करिब ३० प्रतिशत परिवारले आफ्नो खानपानमा कटौति गरेका छन् ।”