ज्याकलिनका लागि सुकेशले श्रीलङ्कामा किनेका थिए घर, बहराइन–मुम्बईमा पनि बंगलाका लागि दिएका थिए 'एड्भान्स'

२०० करोड भारुको मनी लन्ड्रिङ केसको आरोपपत्रमा प्रवर्तन निर्देशनालय (इडी) ले ठूलो खुलासा गरेको छ । मुख्य आरोपी सुकेश चन्द्रशेखरले नायिका ज्याकलिन फर्नान्डिसलाई घोडा, बिरालो र गहना मात्रै नभई नायिकाका लागि श्रीलङ्कामा एउटा घर पनि किनेको खुलासा भएको छ । यसका साथै, बहराइन र मुम्बईमा पनि एउटा–एउटा घर किन्नका लागि एड्भान्स दिइसकेका थिए । बहराइनमा ज्याकलिनका आमाबुवा बस्छन् ।ईडीले आफ्नो आरोपपत्रमा ज्याकलिनलाई सुकेश ठग भएको कुरा थाहा थियो भनी दाबी गरेको छ । उनीविरुद्ध मुद्दा चलिरहेको छ । ज्याकलिनले