नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सभापति शेरबहादुर देउवाले चुनावमा गठबन्धन लाद्न खोजेको आरोप झुठो भएको बताएका छन् । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकबारे जानकारी गराउँदै प्रवक्ता महतले आवश्यकताको सिद्धान्त अनुसार गठबन्धन गरिने बताएका हुन् ।"सभापति शेरबहादुर देउवाले चुनावमा गठबन्धन लाद्न खोजेको भन्ने भनाई झुटो कुरा हो । आवश्यकताको सिद्धान्त अनुसार गठबन्धन गरौँ भन्नु भएको हो," महतले भने । प्रदेश सभापतिहरू र जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिबाट फरक-फरक सुझावहरु आए