काठमाण्डौ – गएको वर्ष अन्तर्राष्ट्रिय उडान बन्द हुँदा चार्टर्ड उडानमार्फत विदेशमा समस्यामा परेका नेपाली नागरिकको उद्धार गर्नुपर्यो । अहिले पनि उडानहरू वैशाख मसान्तसम्मका लागि भनेर बन्द भएका छन् । उडानहरू बन्द भएकाले वैदेशिक रोजगारीमा जाने र आउने सबै अनिश्चयमा परेका छन् । नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण गर्न काठमाण्डौ उपत्यकासहित विभिन्न जिल्लाहरूमा निषेधाज्ञा छ । सडकहरू सुनसान छन् । टिकटको बन्दोबस्त गरिसकेकाहरु कहिले आकाश खुल्ला र गन्तव्यमा जान पाइएला भन्ने चिन्तामा छन् । हुन त अहिले छोटो समय तोकेर उडान बन्द भएका...