भारतको १५औँ राष्ट्रपतिमा चुनिएकी द्रौपदी मुर्मूले आज शपथ लिँदै

भारतको १५औँ राष्ट्रपतिमा चुनिएकी द्रौपदी मुर्मूले आज सर्वोच्च संवैधानिक पदको शपथ लिँदै हुनुहुन्छ । उहाँ आदिवासी समुदायबाट राष्ट्रपति बन्ने पहिलो महिला बन्नु भएको छ । भारतको केन्द्रीय गृह मन्त्रालयले शपथ ग्रहणको कार्यक्रम स्थानीय समय अनुसार बिहान सवा १० बजे हुने जनाएको छ । शपथ पछि मुर्मूलाई २१ तोपको सलामी दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसपछि उहाँले राष्ट्रका नाममा सम्बोधन गर्नुहुनेछ । उहाँले आजै पदभार ग्रहण गर्नु हुने पनि खबरमा उल्लेख गरिएको छ । सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार ...