इब्राहिम रईसी इरानको राष्ट्रपतिमा निर्वाचित

एजेन्सी। इरानको राष्ट्रपतिमा कट्टरपन्थी इब्राहिम रईसी निर्वाचित भएका छन्। उनले ६२ प्रतिशत मतसहित १३ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन्। उनले आफूलाई जित दिलाएकोमा इरानी जनतालाई धन्यवाद दिँदै सबैको भरोसामा खरो रुपमा उभिने र जनताको हितमा हरसम्भव कोशिस गर्ने प्रतिबद्धता जनाएका छन्। वर्तमान राष्ट्रपति हसन रुहानीसँगको छलफलपछि दुवै जना मिडियामा आएका छन्। उनले आगामी अगस्टमा राष्ट्रपतिको शपथ लिनेछन् ।

सम्बन्धित सामग्री

इरानको राष्ट्रपति चुनाव जितेका इब्राहिमबारे इजरायलको चिन्ता

६ असार, काठमाडौं । इजरायलले इरानको राष्ट्रपतिमा निर्वाचित भएका इब्राहिम राइसीको विषयमा अन्तर्राष्ट्रिय समुदायले गम्भीर ध्यानाकर्षण गर्नुपर्ने बताएको छ । इजरायलको विदेश मन्त्रालयका प्रवक्ता लाइओर हाइयातले राइसी इरानको इतिहासको सबैभन्दा अतिवादी राष्ट्रपति भएको बताएका छन् …