विराटनगर – विराटनगर महानगरपालिकाको विमानस्थल पुग्ने मार्गमा हुर्किएको विरुवा कटान गरिए पछि सामाजिक अभियान्ताले आपत्ती जनाएका छन्। विराटनगर–४ स्थित धरान –विराटनगर राजमार्गबाट विमानस्थलसम्मको झण्डै ४ सय १५ मिटर लम्बाईको सडकमा सौन्दर्यकरणका लागि झिलिमिली बनाउन पूर्वाधार तयार हँुदै गएको छ। तर यसका लागि केही वर्ष अघि सडक किनारमा रोपिएका अशोकको रुख, कपुरको रुख भने काटिएको छ। […]