आफ्ना सांसद खिमविक्रम शाहीको अवस्था अज्ञात रहेको भन्दै राष्ट्रिय जनमोर्चाले निवेदन दिएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमा मत विभाजन गर्ने बुधवारको प्रदेश सभा बैठक स्थगित भएको छ ।
जनमोर्चाको मागपछि प्रदेश सभाका सचिवले सूचना प्रकाशित गरी आजको बैठक स्थगित भएको जानकारी गराएका छन् ।
जनमोर्चाकी सचेतक पियारी थापाले आफ्ना सांसद शाहीको अवस्था अज्ञात रहेको भन्दै बैठक रोक्न सचिवालयमा निवेदन दिएकी थिइन् ।
साढे ४ बजे बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित भएको छ । स्वतन्त्र सांसद दीपक म...