शनिवार काठमाडौँमा मदन भण्डारी फाउन्डेसनले गरेको कार्यक्रमका प्रमुख वक्ता थिए एमाले उपमहासचिव प्रदीप ज्ञवाली, माओवादी केन्द्रका नेता वर्षमान पुन र परराष्ट्रविद् डा.मृगेन्द्र कार्की । कार्यक्रमको विषय थियो ‘वर्तमान कूटनीतिक अभ्यास र यसका प्रभावहरू’ । कार्यक्रममा नेपालको कूटनीतिक अभ्यास, अमेरिकी स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी), नेपाली सेना र अमेरिकी सेनाबिच सम्झौता हुने भनेर केही दिन सार्वजनिक भएको १० बुँदे मस्यौदा लगायतका विषय कार्यक्रममा उठे र त्यसबारे बिचार मन्थन भए ।&nbs