कोरोनाले खायो राराको राजस्व

नेपालको प्रमुख पर्यटकीय स्थलमध्ये राराताल पनि एक हो । कर्णाली प्रदेशको मुगु जिल्लामा पर्ने यो ताल आजभोलि पर्यटकको आवागमन न्यून छ । आजभोलि रारा तालमा फाटफुटमा घुम्न आउने गरेका छन । विगतका दिनहरूमा यति बेला रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गथ्र्यो । राराको सौन्दर्य मात्र नभई राजस्व संकलनमा पनि उत्तिकै फड्को माथ्र्यो । यस वर्ष विश्व महामारीका रूपमा फैलिरहेको नोवेल कोरोना भाइरस कोभिड–१९ ले गर्दा रारामा उठ्ने राजस्व भने यस वर्ष कोरोनाले खाएको छ ।

सम्बन्धित सामग्री

राजस्व संकलनमा निरासाजनक

मुलुकमा साढे दुई वर्ष फैलिएको कोरोना महामारीको प्रतिकुल प्रभाव आर्थिक क्षेत्रमा अझै यथावत छ । बन्द भएका उद्योग कलकारखाना, व्यापारिक तथा पर्यटन क्षेत्र अझै लयमा फर्किन सकेको छैन भने होटल व्यवसायदेखि अन्य खुद्रा किराना पसलको दैनिक आर्थिक गतिविधि पनि सुस्त छ । कोरोनाले थला परेको अर्थतन्त्र उकास्न, बैंकको ब्याज तिर्नै मुस्किलमा परेका उद्योगी व्यापारीलाई राहत […]

लक्ष्यभन्दा कम राजस्व संकलन

चितवन । पुस महिनामा आन्तरिक राजस्व कार्यालय, भरतपुरको राजस्व संकलन घटेको छ । आन्तरिक राजस्व विभागले पुुसका लागि २ अर्ब ५१ करोड ७८ लाख ३९ हजार लक्ष्य दिएकोमा कार्यालयले १ अर्ब ७९ करोड ३४ लाख ६० हजार रुपैयाँ मात्र असुली गरेको हो, जुन लक्ष्यभन्दा २९ प्रतिशत कम हो । कार्यालयको राजस्व संकलनको अधिकांश हिस्सा ओगटेको अन्तःशुल्क शीर्षकमा पुसमा ठूलो कमी आएको छ । यस शीर्षकमा लक्ष्यको ५९ दशमलब शून्य १ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । अन्तःशुल्कतर्फ विभागले १ अर्ब ७७ करोड १९ लाख ७६ हजार असुलीको लक्ष्य दिएकोमा कार्यालयले १ अर्ब ४ करोड ५६ लाख ९१ हजार रुपैयाँ मात्र उठेको हो । कार्यालयले आयकर, बहालकर र स्वास्थ्य सेवा करबाहेक अन्य शीर्षकमा लक्ष्य भेट्टाएको छैन, जसअनुसार आयकर शीर्षकमा ५१ करोड ७७ लाख ५४ हजार लक्ष्य दिइएकोमा ५३ करोड ७८ लाख १५ हजार, बहालकर शीर्षकमा १ करोड ४ लाख ६८ हजार लक्ष्य दिएकोमा १ करोड २६ लाख ३३ हजार र स्वास्थ्य सेवा कर शीर्षकमा ६ लाख ६८ हजार लक्ष्य रहेकोमा १८ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी मूल्य अभिवृद्धि कर र ब्याजकरमा पनि लक्ष्य अनुसार राजस्व असुली भएको छैन । मूअक शीर्षकमा विभागले २० करोड ३२ लाख ६९ हजार असुलीको लक्ष्य दिएकोमा १८ करोड ३० लाख ८७ हजार र ब्याजकर शीर्षकमा १ करोड ३२ लाख ६६ हजार लक्ष्य दिइएकोमा १ करोड २६ लाख ३३ हजार रुपैयाँ असुली भएको छ । कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत हरि ढकालले पछिल्ला महिनामा मदिरालगायत वस्तुको कारोबार कम भई राजस्व संकलनमा पनि असर परेको बताए । ‘कोरोनाले गर्दा अझै पनि बजार सामान्य अवस्थामा फर्किएको छैन,’ उनले भने, ‘सबै क्षेत्रको कारोबार सुस्त हुँदा अन्तःशुल्कमा ठूलो असर पर्छ ।’ कार्यालयको राजस्व अन्तःशुल्कमा निर्भर रहने भएकाले पुसको कुल राजस्व संकलन प्रभावित भएको उनको भनाइ छ । ‘अन्य शीर्षकमा जतिसुकै राजस्व असुली भए पनि अन्तःशुल्कमा लक्ष्य अनुसार राजस्व संकलन भएन भने समग्र असुलीमा असर पर्छ,’ उनले भने । विभागले चालू आवको पुस महिनासम्ममा ९ अर्ब ६५ करोड ५१ लाख २ हजार राजस्व असुलीको लक्ष्य दिएकोमा कार्यालयले ९ अर्ब ८४ करोड ८३ लाख ६७ हजार रुपैयाँ संकलन गरेको छ । विभागले यस वर्ष कार्यालयलाई २१ अर्ब ७२ करोड २१ लाख ७९ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको छ ।

अर्थतन्त्र सवल बनाउने सरकारको प्रतिवद्धता बन्यो भारी

नारायणी लामिछानेकाठमाडौं, कात्तिक ७ । कोरोनाले सुस्ताएको आर्थिक गतिविधि चलायमान हुँदै गर्दा बनेको थियो गठबन्धन सरकार । १ सय दिन पार गरिसकेको सरकारमा ढुकुटीमा रकम भएर पनि सरकार बेखर्ची बन्यो । यसै अवधीमा अर्थमन्त्रीले राजस्व डबल बनाउन निर्देशन दिए भने पुँजीगत खर्च महिनामै १० प्रतिशतसम्म गर्ने घोषणा समेत गरे । तर जनताले आश गरेको रोजगारी […]

उत्पादनमूलक उद्योग सञ्चालन गरेर अर्थतन्त्र चलायमान बनाउन सुझाव

उत्पादनमा आधारित उद्योग सञ्चालन गरी आर्थिक कृयाकलाप चलायमान बनाएर मात्र राजस्व संकलनमा केन्द्रित हुन गण्डकी प्रदेशबासीले सरकारलाई सुझाव दिएका छन् ।गण्डकी प्रदेशको अर्थ मन्त्रालयले मंगलबार पोखरामा गरेको कार्यक्रममा उनीहरुले कोरोना प्रभावित भएको अवस्थामा उत्पादनमा आधारित उद्योग सञ्चालन गरी आर्थिक कृयाकलाप चलायमान बनाएर मात्र राजस्व संकलनमा केन्द्रित हुन सुझाव दिएका हुन् ।कोरोनाले प्रभावित भएको अवस्थामा प्रदेशको […]

योगीका अर्का मन्त्रीलाई पनि कोरोनाले लग्यो

भारतको उत्तर प्रदेशका बाढी नियन्त्रण तथा राजस्व राज्यमन्त्री विजय कश्यपले कोरोना संक्रमणपश्चात् ज्यान गुमाएका छन्। मुख्यमन्त्री योगी आदित्यनाथको क्याबिनेटका राज्यमन्त्री कश्यपको मंगलबार मृत्यु भएको हो। कोरोना संक्रमण पुष्टि भएपछि ५६ वर्षीय कश्यप गुडगाउँस्थित मेदान्ता अस्पतालमा उपचाररत थिए। तर, संक्रमणले गाल्दै लगेपछि मंगलबार उनको ज्यान गएको हो।यसअघि नै उत्तर प्रदेशका दुई मन्त्री चेतन चौहान र कम रानी वरुणको कोरोनाले नै ज्यान लिइसकेको छ। कश्यपको निधनप्रति उत्तर प्रदेशका मुख्यमन

नागरिक जिम्मेवारी (सम्पादकीय)

सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको बन्दाबन्दी (लकडाउन) को औपचारिक अन्त्य गरेको छ । सङ्क्रमण नियन्त्रणमा रहेको भए पनि जोखिम कायमै रहेकाले औपचारिक बन्दाबन्दी अन्त्य गरिए पनि कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी व्यवस्था यथावत् राखिएको छ । चैत ११ गतेदेखि गरिएको बन्दाबन्दी पछिल्लोपटक साउन ६ गते मध्यरातसम्मका लागि जारी थियो । चार महिना लामो बन्दाबन्दी अन्त्यको घोषणासँगै सर्वसाधारणले राहत महसुस गरेका छन् । लामो निष्क्रिय जीवनबाट नागरिकहरू पूर्ववत् अवस्थामा फर्कने सुखद वातावरण आफैँमा हर्षोल्लास भएको छ । उद्योग, व्यवसाय सञ्चालन नहुँदा सार्वजनिक जीवन मात्र होइन, मुलुकको आर्थिक गतिविधिमा सङ्कुचन र राजस्व उठ्तीमा कमी आएको छ । विश्वव्यापी प्रभावजस्तै नेपालमा पनि कोरोनाले हरेक क्षेत्रलाई असहज बनाउन पुग्यो । सरकारले अन्य देशको अनुभव तथा नेपालमा सङ्क्रमणको विद्यमान अवस्था मूल्याङ्कन गरी बन्दाबन्दी अन्त्य गरेकाले अर्थतन्त्र र नागरिक जीवनमा यो निर्णयले सकारात्मक परिणाम दिने अपेक्षा गर्न सकिनेछ ।

करमा राहतको आस : बजेट २०७७

विश्व अर्थतन्त्रमा जस्तै नेपालमा पनि कोरोना संक्रमणका कारण आर्थिक गतिविधि शून्यप्रायः भएको छ । यसले पछिल्ला वर्षमा उँभो लागिरहेको हाम्रो अर्थतन्त्रलाई निकै ठूलो झड्का लगाउने पक्का छ । कोभिड–१९ को प्रभाव कहिलेसम्म रहन्छ र कति रहन्छ आकलन गर्न सकिँदैन । कोरोनाकै बीचमा सरकार जेठ १५ गते आउने वर्षका लागि बजेटको तयारीमा छ । संंवेदनशील र विषम परिस्थितिमा आउने बजेटको महत्व अरू बजेटको भन्दा बढी हुन्छ । कोरोनाले पीडित समाजले यो बजेटबाट धेरै आशा गरेको छ, आर्थिक क्षेत्रले झन् बढी । यसर्थ अर्थतन्त्रलाई पुनः चलायमान बनाई आर्थिक वृद्धिको यात्रालाई पुनः जारी राख्नका लागि पनि बजेट महत्वपूर्ण छ । देशको आर्थिक क्षेत्रको इन्जिनलाई बजेटले ल्याउने राजस्व तथा खर्चका नीतिहरूले चलायमान बनाउने हो ।