विवादको सुनुवाइ गर्न नमिल्ने दिन प्रधानन्यायाधीश बिदामा

काठमाडौं, भदौ १३। यसअघि सुनुवाइ गर्न नमिल्ने विवादमा पनि संवैधानिक इजलासमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अबदेखि त्यस्ता मुद्दाको सुनुवाइ हुँदा बिदामा बस्ने भएका छन् । आफूले सुनुवाइ गर्न नमिल्ने विवादमा उनले इजलासमा बसी छिनोफानो गरिरहेकोमा आलोचित हुँदै आएका थिए। यस्ता विवादको सुनुवाइ गर्दा प्रधानन्यायाधीश बिदामा बस्नुपर्ने आवाज पनि उठेको थियो । नेपालको संविधानको धारा १३७ […]

सम्बन्धित सामग्री

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको सुनुवाइ जारी

प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरू भएको छ। सिंहदरबारमा आज संसदीय सुनुवाइ समितिमा उनको संसदीय सुनुवाइ प्रक्रिया सुरू भएको हो।...

सुनुवाइ समितिद्वारा प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध उजुरी आह्वान

काठमाण्डौ – सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले आज सूचना निकालेर प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि संवैधानिक परिषद्बाट सिफारिस हुनुभएका कार्कीविरुद्ध उजुरी आह्वान गरेको हो । समितिले कार्कीलाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवम् प्रमाणसहित जेठ २६ गतेसम्म उजुरी दिन आग्रह गरेको छ ।  कार्यालय समयभित्र इमेलबाट वा सोझै समितिमा सूचना वा उजुरी दिन सकिन...

प्रधानन्यायाधीश जबराको इजलासबाट दुई मुद्दाको सुनुवाइ

आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले दुई मुद्दाको सुनुवाइ गरेको छ। प्रधानन्यायाधीश जबराको राजीनामा मागिरहेका अन्य न्यायाधीश आइतबार पनि इजलासमा बसेनन्। जबराको राजीनामा माग गर्दै नेपाल बार पनि आन्दोलनमा छ।   सर्वोच्च...

प्रधानन्यायाधीश र न्यायाधीशबीच विवाद : पेशी तोकिन्छ, सुनुवाइ हुँदैन

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीशहरूको विवादले सर्वोच्च अदालतको काम प्रभावित बनेको छ। प्रधानन्यायाधीशले तोकेको पेशी न्यायाधीशहरूले बहिष्कार गरेपछि मुद्दाको सुनुवाइ प्रभावित बनेको हो। मंगलबार प्रधानन्यायाधीश जबराले १५ जना न्यायाधीशलाई ८ वटा इजलास तोकेको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए। प्रधानन्यायाधीशले सुनुवाइका लागि २ सय १६ मुद्दाको पेसी तोकेका उनको भनाइ छ। तर, प्रधानन्यायाधीश जबराले आफूलाई कुनै पेशी राखेको छैनन्।&

कुलमानविरुद्ध दायर मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश राणाको इजलासमा

काठमाडौं : कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सरकारले गरेको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको सुनुवाइ आज हुने भएको छ। प्राधिकरणको निर्देशकबाट हटाइएका हितेन्द्रदेव शाक्यले दायर गरेको रिट निवेदनको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासमा पेसी तोकिएको छ। आजको सुनुवाइ सूचीमा यो मुद्दा पहिलो नम्बरमा छ।निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्ति बदरको माग गर्दै ३२ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा शाक्य

प्रधानन्यायाधीश बाहेकको संवैधानिक इजलासबाट सुनुवाइ नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ– प्रधानन्यायाधीश बिनाको संवैधानिक इजलासबाट सुनुवाइ नगर्न सर्वोच्च अदालतले अन्तरिम ओदश दिएको छ । अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरि प्रसाद फुयाँलको एकल इजलासले बिहीबार यस्तो आदेश दिएको हो । सर्वोच्चले शुक्रबारका लागि पेशी तोकिएको संवैधानिक परिषद्ले गरेका निर्णयविरुद्धको सुनुवाइ रोक्न अन्तरिम आदेश दिएको हो । शुक्रबार संवैधानिक परिषद्ले […]

प्रधानन्यायाधीश जबरा अस्वस्थ, सुनुवाइ स्थगित

विराटनगर, जेठ २५ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अस्वस्थ भएपछि सोमबारका लागि तोकिएको संवैधानिक इजलासको सुनुवाइ स्थगित भएको छ । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटको सुनुवाइ भइरहेको इजलास स्थगित गरिएको हो । इजलासमा न्यायाधीशका प्रतिनिधित्वलाई लिएर इजलाससमेत विवादित बनिरहेको अवस्थामा सुनुवाइ स्थगित भएको हो । अर्को सुनुवाइ बुधबारका लागि तोकिएको छ । “प्रधानन्यायाधीशको स्वास्थ्य अवस्था ठीक नभएकाले […]

संसद विघटन विरुद्धका १९ रिटमा प्रधानन्यायाधीश जबराले आज सुनुवाइ गर्दै

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बेन्चमा हुने भएको छ। बिहीबार पेशी तोक्दा प्रधानन्यायाधीश जबराले १९ रिटको सुनुवाइ आफ्नो एकल बेन्चमा हुने गरी तोकेका हुन् ।...

प्रधानन्यायाधीश जबरा विपक्षी रहेको रिटमाथिको सुनुवाइ फेरि स्थगित

१६ माघ, काठमाडौं । संवैधानिक परिषद् सम्बन्धी अध्यादेशविरुद्धको रिटमाथि डेढ महिना हुँदा पनि सुनुवाइ हुन सकेको छैन । सर्वोच्च अदालतमा शुक्रबारका लागि पेस चढेको यो रिटमाथिको सुनुवाइ पुनः स्थगनमा परेको हो । यो रिटमा संवैधानिक परिषद् सदस्यका रुपमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई पनि विपक्षी बनाइएको छ । अध्यादेश ल्याएर प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश जबरा […]