भारतमा थप ३८ हजार ७९ जनामा नयाँ सङ्क्रमण

भारतमा कोरोनाभाइरसबाट नयाँ ३८ हजार ७९ जना सङ्क्रमित भएका छन् । सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार अघिल्लो केही दिनयता दैनिक सङ्क्रमितको सङ्ख्याको तुलनामा गत २४ घण्टामा घटेको छ ।  भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड १० लाख ६४ हजार ९०८ पुगेको छ ।भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या चार लाख २४ हजार २५ रहेको अधिकारीले जनाएका छन् । पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप ५६० जनाको मृत्यु भएको पनि मन्त्रालयले शनिबार

सम्बन्धित सामग्री

भारतमा टोमाटो फ्लुको सङ्क्रमण बढ्दै : नेपालमा पनि जोखिम

भारतमा टोमाटो फ्लुको सङ्क्रमण बढ्दै गएको छ । सङ्क्रामक मानिएको टोमाटो फ्लुबाट पाँच वर्षमुनिका बालबालिका उच्च जोखिममा रहेका छन् । भारतमा सयभन्दा धेरै बालबालिका बिरामी भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। केरलामा ८२ र तमिलनाडु राज्यमा २६ जना गरी १ सय ८ जना बालबालिका बिरामी परेका स्वास्थ्य मन्त्रालयलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । टोमाटो फ्लु पहिलो पटक केरलामा गएको वैशाखमा देखिएको थियो। भारतमा सङ्क्रमण बढ्दै गएपछि यसको जोखिम नेपालमा पनि बढेको छ। टोमाटो फ्लुको सङ्क्रमणबाट बालबालि...

भारतमा फेरि कोरोना भाइरसको सङ्क्रमण फैलिँदै

भारतमा फेरि कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ । भारतको केरला र महाराष्ट्रमा सबैभन्दा धेरै सङ्क्रमण फैलिरहेको हो । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले ३४ दिनपछि फेरि सङ्क्रमण बढेर सङ्क्रमितको सङ्ख्या एक प्रतिशतभन्दा धेरै पुगेको जनाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । महाराष्ट्रमा हिजो १ हजार ४ सय ९४ जनालाई सङ्क्रमण भएको पुष्टि भएको छ । यस्तै, तमिलनाडु, मुम्बई, दिल्ली र राजस्थानलगायत क्षेत्रमा पनि  सङ्क्रमण फैलिन थालेको खबरमा उल्लेख छ । राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले सङ्क्रमण बढिरहेकाले सावधानी अपनाउन अपिल गर्नु भए...

भारतमा फेरि बढ्न थाल्यो कोरोना सङ्क्रमण

काठमाडौँ । छिमेकी मुलुक भारतमा लगातार ११ सातासम्म ओह्रालो लागेको कोरोना सङ्क्रमण फेरि बढ्न थालेको छ । टाइम्स अफ इन्डियाका अनुसार यो साता (अप्रिल ११-१७) अघिल्लो साताको तुलनामा कोरोना सङ्क्रमण ३५ प्रतिशतले बढेको छ ।  भारतको राजधानी दिल्ली, उत्तर प्रदेश र हरियाणामा सङ्क्रमण ह्वात्तै बढेको छ । अघिल्लो साता भारतमा ४९०० सङ्क्रमित थपिएकोमा यो साता […]

भारतमा लगातार चौथो दिन पनि कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घट्यो

भारतमा लगातार चौथो दिन पनि कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घटेको छ । हिजो भारतमा दुई लाख ५२ हजार आठ सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यो आइतवारको तुलनामा ५० हजारभन्दा धेरैले कमी भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणका कारण ६ सय १४ जनाको ज्यान गएको छ । गएको बिहीवार भारतमा तीन लाख ४७ हजार जनामा कोरोना पुष्टि भएको थियो । त्यसयता लगातार घटेको हो । पाँच दिनमै कोरोना सङ्क्रमितको सङ्ख्यामा २७ दशमलव २० प्रतिशतले कमी आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ...

भारतमा कोरोना भाइरसको सङ्क्रमण घट्दै

भारतमा कोरोना भाइरसको सङ्क्रमण घट्न थालेको छ । गएको २४ घण्टामा भारतमा तीन लाख ३३ हजार ५ सय ३३ जनालाई कोरोनाको सङ्क्रमण भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले  जनाएको छ । यो हिजोको तुलनामा चार हजार एक सय ७१ ले कम हो । हिजो तीन लाख ३७ हजार सात सय ४ जनालाई सङ्क्रमण भएको थियो । यस्तै, गएको २४ घण्टामा कोरोनाका कारण ५ सय २५ जनाको ज्यान गएको छ भने दुई लाख ५९ हजार एक सय ६८ जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा एकैदिन १७ जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि

काठमाण्डाै  - भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण फैलिन थालेको छ । हिजो मात्रै १७ जनालाई ओमिक्रोनको सङ्क्रमण भएको पाइएको छ । योसहित भारतमा अहिलेसम्म २१ जनामा ओमिक्रोन भेरियन्ट भेटिएको छ । दक्षिण अफ्रिकाबाट फर्किएका व्यक्ति र उनीहरुको सम्पर्कमा आएकाहरुमा ओमिक्रोन भेरियन्ट देखिएको हो । भारतका राजस्थान, जयपुर, महाराष्ट्रमा र राजधानी दिल्लीमा यो सङ्क्रमण पाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  यस्तै, बेलायत, अमेरिका र अस्ट्रेलियामा पनि ओमिक्रोनको सङ्क्रमण बढ्दै गएको बीबीसीले जनाएको छ ।

भारतमा ३४ हजार ४०३ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण

गत २४ घण्टामा भारतमा ३४ हजार ४०३ जनामा थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको जनाइएको छ ।

भारतमा दुई महिनापछि दैनिक कोरोना सङ्क्रमण हुनेकाे सङ्ख्या एक लाखभन्दा तल

काठमाण्डाै - भारतमा दुई महिनापछि दैनिक कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या एक लाखभन्दा तल झरेको छ । गएको अप्रिल ६ तारिखमा ९६ हजार नौ सय ८२ जनामा कोरोना पुष्टि भएकोमा त्यसयता दैनिक एक लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको थियो । ६३ दिनपछि पछिल्लो २४ घण्टामा ८६ हजार चार सय ९८ जनामा सङ्क्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै भारतमा पछिल्लो २४ घण्टामा दुई हजार एक सय २३ जना सङ्क्रमितको ज्यान गएको छ । यस्तै २४ घण्टामा एक लाख ८२ हजार दुईसय ८२ जना सङ्क्रमणमुक्त भएका छन् । दैनिक चार लाखभन्दा धेरैम...

भारतमा पछिल्लो ४० दिनयताकै थोरैमा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डाै - भारतमा दैनिक विवरणअनुसार पछिल्लो ४० दिनयताकै थोरै एक लाख ९५ हजार आठ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दैनिक चार लाखभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा केही दिनदेखि सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घटिरहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । एक महिनाअघि ८१ दशमलव ७ प्रतिशत रहेको निको हुने दर पनि बढेर ८८ दशमलव ७ प्रतिशत पुगेको छ । एक महिनाअघि १७ दशमलव १७ प्रतिशत सक्रिय सङ्क्रमित रहेकोमा अहिले घटेर १० दशमलव १७ प्रतिशतमा झरेको छ । सङ्क्रमण पुष्टि हुने र निको हुने दरमा सुधार आए पनि ज्यान गु...

भारतमा एकैदिन चार लाखमा कोरोना सङ्क्रमण, तीन हजार चार सय जनाको ज्यान गयो

काठमाण्डाै - भारतमा हिजो एकैदिन चार लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिजो मात्रै भारतमा चार लाख आठ हजार तीन सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र यो दैनिक संख्या विश्वमा अहिलेसम्मकै धेरै भएको बीबीसीले जनाएको छ । महाराष्ट्रमा मात्रै ६३ हजार र कर्नाटक राज्यमा ४८ हजारमा कोरोना देखिएको छ । भारतमा अहिलेसम्म एक करोड ९१ लाख ६३ हजार जनामा कोरोना पुष्टि भइसकेको छ । यस्तै हिजो तीन हजार चार सय ६४ जनाको ज्यान गएसँगै भारतमा ज्यान गुमाउनेको संख्या दुई लाख ११ हजार सात सय नाघेको छ । यसैबीच भारतले कोरोना ...