भारतमा टोमाटो फ्लुको सङ्क्रमण बढ्दै गएको छ । सङ्क्रामक मानिएको टोमाटो फ्लुबाट पाँच वर्षमुनिका बालबालिका उच्च जोखिममा रहेका छन् । भारतमा सयभन्दा धेरै बालबालिका बिरामी भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
केरलामा ८२ र तमिलनाडु राज्यमा २६ जना गरी १ सय ८ जना बालबालिका बिरामी परेका स्वास्थ्य मन्त्रालयलाई उद्धृत गरी भारतीय सञ्चारमाध्यमले जनाएका छन् । टोमाटो फ्लु पहिलो पटक केरलामा गएको वैशाखमा देखिएको थियो।
भारतमा सङ्क्रमण बढ्दै गएपछि यसको जोखिम नेपालमा पनि बढेको छ। टोमाटो फ्लुको सङ्क्रमणबाट बालबालि...