काठमाण्डाै - भारतमा दैनिक विवरणअनुसार पछिल्लो ४० दिनयताकै थोरै एक लाख ९५ हजार आठ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । दैनिक चार लाखभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएकोमा केही दिनदेखि सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या घटिरहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
एक महिनाअघि ८१ दशमलव ७ प्रतिशत रहेको निको हुने दर पनि बढेर ८८ दशमलव ७ प्रतिशत पुगेको छ । एक महिनाअघि १७ दशमलव १७ प्रतिशत सक्रिय सङ्क्रमित रहेकोमा अहिले घटेर १० दशमलव १७ प्रतिशतमा झरेको छ ।
सङ्क्रमण पुष्टि हुने र निको हुने दरमा सुधार आए पनि ज्यान गु...