बजारमा चहलपहल बढ्दो छ, व्यापार छैन

काठमाडौं । निषेधाज्ञा खुलोभएपश्चात् पछिल्लो समय उपत्यकामा मानिसहरूको चहलपहल बढेको देखिए तापनि व्यापार भने खासै हुन सकेको छैन । बजारमा चहलपहल बढ्दो देखिए तापनि अन्य समयमा जस्तो व्यापार हुन नसको व्यापारीहरू बताउँछन् । खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको व्यापारमा खासै कमिी नआए पनि लत्ताकपडा, फेन्सी पसल, विद्युतीय सामग्री, हस्तकलालगायत वस्तुको व्यापार अहिले पनि करीब १० प्रतिशत मात्र रहेको बताइएको छ । काठमाडौंको असनमा फेन्सी कपडाको व्यापार गर्दै आएका नगेन्द्र श्रेष्ठले बजारमा मान्छेहरूको चहलपहल बढेअनुसार व्यापार नभएको बताए । ‘महामारीको असरले गर्दा उपभोक्ताको क्रयशक्ति घटेका कारण बजार खुले पनि व्यापार हुन नसकेको हो,’ उनले भने । यो समय फेन्सी कपडाको व्यापार राम्रो हुने समय भए पनि महामारीको असरले बजारलाई अस्तव्यस्त बनाएको उनको भनाइ छ । अहिलेको समयमा अझ बढी प्रभावित भएको र उपभोक्ता नै शून्यजस्तै भएको बजार हस्तकला सामग्रीको हो । विदेशी पर्यटक र निर्यातका भरमा व्यापार हुने हस्तकला सामग्रीको बजार पूरै अस्तव्यस्त भएको छ । एकातिर विदेशी पर्यटकको आगमन नहुँदा नेपालमा यसको व्यापार शून्य नै छ भने अर्कातिर निर्यात व्यापार पनि प्रभावित हुँदा स्थिति झनै नाजुक बन्न पुगेको वसन्तपुरमा हस्तकला सामग्रीको व्यापार गर्ने गोपाल तण्डुकारले बताए । नेपाल हस्तकला महासंघको तथ्यांकअनुसार कुल व्यापारमध्ये करीब ५ प्रतिशत व्यापार मात्रै नेपालमा हुने र करीब ९५ प्रतिशत व्यापार निर्यातमा निर्भर गर्छ । महासंघका अनुसार नेपालबाट वार्षिक रू. ११ अर्बदेखि १५ अर्बबराबरको हस्तकलाका सामग्रीहरू निर्यात हुने गर्छ भने करीब ११ लाख मानिसहरूले यस क्षेत्रमा रोजगारी पाएका छन् । नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले महामारीले यस क्षेत्रलाई पुर्‍याएको असरका कारण हस्तकला उद्योगले आफ्नो लय समात्न अझै २/३ वर्ष लाग्न सक्ने बताए । त्यसैगरी विद्युतीय सामग्रीको व्यापारले समेत गति लिन नसकेको व्यापारीहरूले बताएका छन् । पंखा, बल्ब, जेनेरेटर, राइसकुकर, तारलगायत उपकरणको व्यापार सामान्य अवस्थाको समयमा भन्दा अहिलेको अवस्थामा करीब ८० प्रतिशतले घटेको नेपाल विद्युतीय व्यापार संघले जानकारी दिएको छ । उपभोक्ताको आयस्रोत घटेका कारण उपभोक्ताको ध्यान अत्यावश्यक वस्तुको खरीदभन्दा अन्यतर्फनमोडिएको व्यापारीहरू बताउँछन् ।

सम्बन्धित सामग्री

जुम्लामा रैथाने फूलको व्यापार बढ्दो

जुम्ला– पछिल्ला वर्षमा जुम्लामा रैथाने फूलको व्यापार हुन थालेको छ । आयातित प्लास्टिक मालाकै भरमा दसैं तिहार मनाउने जुम्लामा केही वर्षयता रैथाने फूलको प्रयोग र व्यापार बढेको हो । कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरमा नयाँ लिङ्गा फेरिएसँगै जुम्लामा घटस्थापना भित्र्याउने र विधिवत दसैं सुरु भएको मानिन्छ । घटस्थापनाका दिन सयौ भक्तजनले फूल माला लिएर मन्दिरमा चढाउने […]

भृकुटीमण्डप जुत्ता चप्पल व्यापार मेला जारी, खरिदकर्ताहरुको सहभागीता बढ्दो

काठमाडौं, १२ साउन। राजधानीको भृकुटीमण्डपमा ‘वृहत जुत्ता चप्पल व्यापार मेला’ मा जारी रहेको छ । लामो समयदेखि जारी उक्त जुत्ता चप्पल मेलामा स्वदेशी उत्पादनका जुत्ता चप्पलको खरिद गर्नेहरुको भिड रहेको छ । आकर्षक छुटसहित स्वदेशी ब्राण्डका प्रतिष्ठित जुत्ता चप्पलहरु छानी छानी किन्न पाउने अवसरको सदुपयोग गर्दै अवलोकनकर्ता तथा खरिदकर्ताहरुको मेलामा दैनिक सहभागीता बढ्दो छ । […]

कर्जा विस्तार र रेमिट्यान्स नै बढ्दो व्यापार घाटाको प्रमुख कारण रहेको निष्कर्ष

काठमाडौँ । नेपालमा बढ्दो व्यापार घाटाको प्रमुख कारण बैँकहरूको कर्जा विस्तार र रेमिट्यान्स नै रहेको निष्कर्ष एक अध्ययनले निकालेको छ । बैँक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीवीफीन) ले त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागसँगको सहकार्यमा गरेको अध्ययनले उक्त निष्कर्ष निकालेको हो । विभाग प्रमुख प्रोफेसर डा. शिवराज अधिकारीले गरेको अध्ययनमा व्यापार घाटा बढ्नुको प्रमुख कारण […]

भारतको व्यापार घाटा बढ्दो

भारतको व्यापार घाटा लगातार बढिरहेको छ । यसको अर्थ विदेशी मुद्रा सञ्चिति घट्दो छ जुन अर्थतन्त्रका लागि राम्रो होइन । अङ्ग्रेजी पत्रिका द हिन्दूको समाचार अनुसार जुन महिनामा भारतको निर्यात १६.८ प्रतिशतले बढेको छ भने आयात ५१ प्रतिशतले बढेको छ । जुनमा भारतको व्यापारिक व्यापार घाटा बढेर २५.६३ अर्ब डलर पुगेको छ । यो महिनामा भारतको आयात ५१ प्रतिशतले बढेर ६३.६ अर्ब डलर पुगेको थियो भने निर्यात करिब ३८ अर्ब डलरले बढेको थियो । त्यस्तै भारतको कोइला आयात तीन गुणाले बढेको छ । सुनको आयातमा प

हामी राजस्वमै रत्तियौं, अनि बढ्दैन त व्यापार घाटा ?

यतिबेला मुलुक व्यापार घाटा र विदेशी मुद्रा सञ्चिति चापको परेको अवस्थामा छ । कुनै पनि मुलुकका लागि यसरी बढ्दो व्यापार घाटा राम्रो होइन, भन्ने मेरो पुरानै मान्याता र बुझाइ हो । देशमा व्यापार घाटाबारे कुरा गर्नु अपराध जस्तो हुन्थ्यो । तीन वर्ष अघिको कुरा हो, म वाणिज्य सचिवको जिम्मेवारीमा हुँदाको समय सम्झन्छु । कुनै एक […]

बजारमा पिँडालु र तरुलको बढ्दो व्यापार

माघे संक्रान्ति नजिकिनासाथ बजारमा जताततै तरुल, पिँडालु र सखरखण्ड देखिने गर्छ । अघिपछि बजारमा फाटफुट रूपमा मात्रै देखिने तरुललगायत कन्दमूलको व्यापार माघीको अवसरमा व्यापक हुने गर्छ । मानव विकासको सुरुवातमा मानिसले खाने भनिएको कन्दमूलमध्येको एक तरुल पनि हो । तरुलको व्यापार विशेष गरी पुस महिनामा हुने गर्छ । त्यसैले पुसको अन्त्य हुँदै गर्दा राजधानीको मुख्य […]

बढ्दो व्यापार घाटा : गम्भीर समायोजन आवश्यक

स्वदेशमै उत्पादन गर्न सकिने वस्तुको समेत आयात बढ्दा मुलुकको व्यापार घाटा उच्च दरले बढेको भन्सार विभागको तथ्यांक छ । पछिल्लो समय नेपालको आयात निकै तीव्र गतिमा बढेको छ । भविष्यमा विकास र उपभोगका वस्तुहरूको बढ्दो आवश्यकतालाई ध्यानमा राख्दै र आन्तरिक उत्पादनमा सुस्त वृद्धिको कारणले गर्दा यो अझ बढ्ने सम्भावना प्रबल छ । निकट भविष्यमा निकासी […]

व्यापार घाटाको चिन्ता र चुनौती

हरेक वर्ष व्यापार घाटा बढ्दो छ । हरवर्षझैं यो आर्थिक वर्ष (आव २०७८-०७९) पनि व्यापार घाटा उच्च दरले बढेको छ । अघिल्लो वर्षभन्दा व्यापार घाटा एकतिहाइभन्दा बढी प्रतिशतले बढेको छ । आव २०६९-०७० मा व्यापार घाटा रु. ५ खर्ब २४ अर्ब थियो । एक दशककै बीचमा नेपालको व्यापार घाटा १३ गुणाले बढेको छ । नेपालभित्रै […]

चहलपहल बढ्यो तर व्यापार छैन

काठमाडौं, भदौ १ । निषेधाज्ञा खुलोभएपश्चात् पछिल्लो समय उपत्यकामा मानिसहरूको चहलपहल बढेको देखिए तापनि व्यापार भने खासै हुन सकेको छैन । बजारमा चहलपहल बढ्दो देखिए तापनि अन्य समयमा जस्तो व्यापार हुन नसको व्यापारीहरू बताउँछन् । खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको व्यापारमा खासै कमिी नआए पनि लत्ताकपडा, फेन्सी पसल, विद्युतीय सामग्री, हस्तकलालगायत वस्तुको व्यापार अहिले पनि […]

बजार खुले पनि बढेन व्यापार

निषेधाज्ञा खुकुलो बनेसँगै नेपालगन्जमा पहलपहल बढ्दो छ। कोरोना भाइरसको प्रभाव नराम्री थेगेको व्यापार भने अझ उकालो लाग्न सकेको छैन। जसले गर्दा व्यापारीलाई कोठा भाडा तिर्नसम्म हम्मेहम्मे भएको छ।...