पुराना र परम्परागत पार्टीहरूलाई पछि पार्दै आम आदमी पार्टी पन्जाबको सत्तामा आउँदैछ । यो चुनावी परिणाम कुनै राजनीतिक सुनामीको तुलनामा कम छैन । प्रकाशसिंह बादल, कप्तान अमरिन्दर सिंह, चारणजीत सिंह चन्नी र नवजोत सिंह सिद्धुजस्ता दिग्गज चुनावी मैदानमा पराजित भएका छन् ।अझ चाखलाग्दो कुरा के छ भने पञ्जाबका ठूला नेताहरूलाई पराजित गर्ने आम आदमी पार्टीका उम्मेदवारहरू नयाँ अनुहार हुन् । यसमध्ये भदौर सीटबाट पञ्जाबका मुख्यमन्त्री चारणजीत सिंह चन्नीलाई पराजित गरेका आम आदमी पार्टीका लभ सिंह उगोकेको विशेष च