पछिल्लो समय निरन्तर घट्दो क्रममा रहेको वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन बढ्न सकेको छैन । चालू आर्थिक वर्षमा वाणिज्य बैङ्कहरूको निक्षेप सङ्कलन कर्जा प्रवाहको तुलनामा निकै कम देखिएको छ ।
बैङ्कहरूले निक्षेप तान्न मङ्सिरदेखि ब्याजदर बढाए पनि कात्तिकको तुुलनामा मङ्सिरमा पनि निक्षेप सङ्कलन घट्ने क्रम रोकिएको छैन । नेपाल बैङ्कर्स सङ्घको तथ्याङ्कअनुसार बैङ्कहरूको निक्षेप सङ्कलन विगत छ वर्ष यताकै न्यून देखिएको छ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा बैङ्कहरूको निक्षेप सङ्कलन जम्मा ३२ अर्ब रुपियाँले बढेको छ ।