नेपाल प्रेसले सूचनाको हक प्रयोग गरी प्राप्त गरेको दस्तावेजअनुसार चार जना प्रदेशसभा सदस्यले आफ्नै छोरालाई तलब भत्ता खुवाउने गरी स्वकिय सचिव नियुक्त गरेका छन् । त्यस्तै छोरी, ज्वाइँ र बुहारीलाई समेत स्वकीय सचिव नियुक्ति गर्ने प्रदेश सांसदहरु फेला परेका छन् ।