तमुः समाज बेलायतद्वारा ११ लाख २५ हजार सहयोग

बेलायतमा परोपकारी संस्थाको रूपमा छवि बनाएको तमुः समाज युकेले नेपालमा कोरोनापीडितका लागि हालै रु ११ लाख २५ हजार सहयोग गरेको छ । समाजले कोरोना महामारीमा स्वास्थ्य सामग्री सहयोग साथै उपचारमा सघाउँदै आएका महावीर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई रु पाँच लाख २५ हजार, सञ्चारकर्मी रवि लामिछानेको फाउण्डेशनलाई रु तीन लाख र लेखिका एवं जुम्लामा स्वास्थकर्मीका रूपमा काम गर्दै आएकी राधा पौडेलको फाउण्डेशनलाई रु तीन लाख सहयोग गरेको संस्थाका संस्थापक अध्यक्ष चित्र गुरुङले जानकारी दिए। तमुः समाज युकेले चन्दामार्फत...

सम्बन्धित सामग्री

बाढीपहिरोपीडितलाई संखुवासभा समाज हङकङको ६ लाख ५१ हजार नगद सहयोग

संखुवासभा समाज हङकङले गत २ असारमा संखुवासभामा गएको बाढीपहिरोपीडितहरुलाई ६ लाख ५१ हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराएको छ। आइतबार एक कार्यक्रमबीच चैनपुर नगरपालिकाको हलमा असार २ गते संखुवासभाको बाढिपहिरोबाट क्षति...

हेवाखोला बाढीमा बेपत्ता तथा मृतकका परिवारलाई २ लाख सहयोग

संखुवासभा : संखुवासभा समाज कतारले संखुवासभामा बाढी पहिरोमा मृत्यु तथा बेपत्ता भएका ५ घरपरिवारलाई आर्थिक सहयोग गरेको छ। गत असार २ गते राति आएको बाढीमा २२ जना मजदुर बेपत्ता भएका थिए।संखुवासभा समाज कतारले कार्यक्रमबीच बाढीमा मृत्यु तथा बेपत्ता भएका ५ परिवारलाई नगद २ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरेको संखुवासभा समाज कतारका सचिव अशोक न्यौपानेले जानकारी दिए। बाढीमा बेपत्ता तथा मृत्यु भएका पाँचखपनका दीपक मगर, सन्तोष राई, सुहाङ राई, भुवानसिंह तामाङ र चैनपुर नगरपालिका–४ का ज्ञानबहादुर ल

गोरखाका ब्लड क्यान्सर पीडित गणेशलाई गोर्खाली समाज अमेरिकाको सहयोग

गोरखा जिल्ला भिमसेन थापा गाउँपलिका–१,मसेलका ब्लड क्यान्सर पीडित गणेश बरामलाई गोर्खाली समाज अमेरिकाले आर्थिक सहयोग गरेको छ। विगत ७ महिना देखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जको सदन कक्षमा उपचार गराइ रहेका बरामलाई गोर्खाली समाज अमेरिका र न्युयोर्कले ३ लाख ९७ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको हो।उक्त रकम काठमाडौंमा रहेका सामाजिक अभियन्ताहरुको टिम त्रिवि शिक्षण अस्पताल महाराजगंज पुगेर पीडित गणेशलाई हस्तान्तरण गरिएको थियो। उनीहरुले बिरामीको अवस्थाबारे पनि जानकारी लिएका थिए।ब्लड क

गुल्मेली समाज जापानद्वारा उत्कृष्ट पत्रकारका लागि पुरस्कार घोषणा

गुल्मेली समाज जापानले गुल्मेली पत्रकारहरुका लागि सहयोग गर्ने भएको छ। समाजले जिल्लाका उत्कृष्ट पत्रकारलाई पुरस्कृत गर्न २५ हजार र महासंघको संस्थागत विकासका लागि एक लाख सहयोग गर्ने निर्णय गरेको हो। पत्रकार...

विदेशमा मृत्यु भएकाको परिवारलाई सहयोग

वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमा ज्यान गुमाएकाको परिवारलाई आर्थिक सङ्कलन गरी हस्तान्तरण गरिएको छ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति युरोप क्षेत्रको विशेष पहलमा रु नौ लाख ८० हजार रकम भिरकोट–५ सिम्लेका अङ्कितसिंह ठकुरीको परिवारलाई सोमबार साँझ घरमै पुगेर हस्तान्तरण गरिएको हो ।स्याङ्जा सहयोग समाज पोर्चुगलका अध्यक्ष अर्जुन अर्याललगायतको सक्रियता तथा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति युरोप क्षेत्रले अगुवाइमा रकम सङ्कलन गरी हस्तान्तरण गरेको हो । स्याङ्जा सहयोग

अस्पताल बनाउन रु ६० लाख सहयोग

सोलुखुम्बु : मैदेल सेरोफेरो गुरुङ समाज लाउरेटोल काठमाडौँले यहाँस्थित दूधकोशी सामुदायिक अस्पतालको भवन बनाउन करिब रु ६० लाख सहयोग गरेको छ।सोलुको थुलुङ दूधकोशी गाउँपालिका–६ मैदेल स्थायी ठेगाना भइ लाउरेटोल निवासी गणेशबहादुर गुरुङ र गोविन्द गुरुङले उक्त रकम सङ्कलन गरेका हुन्।  अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष बलराम गुरुङका अनुसार समाजले समितिलाई आइतबार मात्र  रु १४ लाख ८३ हजार ६४१ हजार   हस्तान्तरण गरेको थियो।    सो अवसरमा समाजका १०३ जनालाई खादासहित सम्मानपत

मिर्गौलापीडितलाई पाँच लाख बढी सहयोग

बागलुङ, २६ मङ्सिर: आर्थिक अभावका कारण उपचारमा समस्या झेलिरहनु भएकी गलकोट नगरपालिका–१० पाण्डवखानीकी मिर्गौलापीडित १९ वर्षीया मुना सुनारलाई प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । गलकोट समाज जापान कान्तो क्षत्रीय समितिले सुनारको उपचारार्थ सङ्कलन गरेको रु पाँच लाख ३५ हजार शनिबार उनकी आमा लालमायालाई हस्तान्तरण गरिएको हो । नियमित डायलासिसका लागि पैसा नभएपछि उनका परिवारजनले […]

अक्षय कोषलाई लाख सहयोग

कतारको राष्ट्रिय मानव अधिकार समितिमा नेपाली समाज संयोजकको रूपमा रहेर आप्रवासी श्रमिकको हितमा काम गर्दै आएका मोहम्मद रमजान अली मियाँले आफूले प्रारम्भिक शिक्षा सुरु गरेको विद्यालयमा अक्षयकोष स्थापना गर्न एक लाख एक हजार एक सय रूपैयाँ सहयोग गरेका छन्।...

विस्थापितलाई १५ लाख सहयोग

घान्द्रुक समाज हङकङ र घान्द्रुक समाज बेलायतले कास्कीको घान्द्रुकका पहिरो पीडितलाई राहतस्वरूप रु १५ लाख एक हजार ७७० नगद सहयोग गरेका छन् ।  घान्द्रुकका समाज हङकङका पूर्वअध्यक्ष चन्द्र गुरुङ, सचिव दीपक गुरुङ र घान्द्रुक समाज बेलायतका निवर्तमान अध्यक्ष अर्जुन गुरुङले घान्द्रुकमा आयोजित एक कार्यक्रमबीच उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।     घान्द्रुक समाज हङकङका अध्यक्ष दुर्गा गुरुङको नेतृत्वमा रु १२ लाख ९१ हजार ७७० र घान्द्रुक समाज बेलायतमा रु दुई लाख १० हजार सङ्कलन भएको कार्यक्रममा जानकारी गराइयो । गत असार १ ग...

ब्लड बैंक स्थापनाका लागि ६ लाख सहयोग

संखुवासभा : संखुवासभामा एक सरकारीसहित आधा दर्जन अस्पताल सञ्चालनमा छन्। तर‚ ब्लड बैंक स्थापना हुन सकेको छैन। ब्लड बैंक स्थापना गर्न अहिले विभिन्न संघ संस्थाले सहयोग गरिहेका छन्।सदरमुकाम खाँदबारीमा स्थापना हुन लागेको ब्लड बैंकलाई संखुवासभा समाज युकेले आर्थिक सहयोग गरेको छ। पूर्व गोर्खा सैनिकहरु रहेको संखुवासभा समाज युकेले नेपाल रेडक्रस सिर्जनशील सामुदायिक रक्त सञ्चार सेवालाई ६ लाख ९२ हजार रुपैयाँको चेक हस्तान्तरणगरेको हो।समाजका रमेश राईले ब्लड बैंक स्थापनामा सकृय संस्था सिर्जनशील सामुदायिक व