युनाईटेड मोदी हाइड्रोपावरलाई हकप्रद निष्कासनका लागि विद्युत नियमन आयोगले दियो अनुमति

काठमाडौं । विद्युत नियमन आयोगले युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति दिएको छ । माघ २२ गते आयोगले कम्पनीलाई हाल कायम चुक्तापूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति दिएको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब २३ करोड ५ लाख रूपैयाँ रहेको छ । विद्युत नियमन आयोगबाट स्वीकृति पाएसँगै कम्पनीले आगामी साधारण सभाबाट हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्नेछ । यस कम्पनीले ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।  

सम्बन्धित सामग्री

रिडी हाइड्रो र रैराङ हाइड्रोको मर्जर प्रक्रिया सकियो, एकिकृत कारोबार सुरु

रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावरले मर्जर पश्चात एकिकृत कारोबार सुरु गरेका छन् । मर्जर पश्चात रिडी पावर लिमिटेडबाट एकिकृत कारोबार सुरु भएको हो।गत असार ३१ गतेबाट रिडी पावर लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु भएको कम्पनीले जनाएको छ।  दुवै कम्पनीको असार १७ गते शुक्रबार सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेका थिए । विद्युत नियमन आयोग र कम्पनी रजिष्ट्रार कार्यालयले असार ३० गते अन्तिम स्वीकृति प्रदान गरेपछि असार ३१ गते बाट एकिकृत कारोबार सुरु गरिएको कम्पनीले जनाएको छ। कम्पनीको रजिष्टर्ड कार्यालय ट्रेड टावर थापाथलीमा रहेको छ । रिडी हाइड्रोले  रैराङ हाइड्रोलाई गाभेर रिडी हाइड्रो बनेको हो । १००: ९३ को स्वापमा मर्ज भएका हुन्। अर्थात् हाल १०० कित्ता शेयर हुने रैराङ हाइड्रोका लगानीकर्ताले मर्जरपछि बन्ने कम्पनीको ९३ कित्ता शेयर पाउने छन् । बिद्युत नियमन आयोगको बैशाख १९ गतेको बैठकले दुवै हाइड्रोपावर कम्पनीलाई एक आपसमा गाभिनलाई अनुमति दिएको थियो। दुवै कम्पनीले गत कात्तिक १७, २०७८ मा एक आपसमा गाभ्ने गाभिनेबारे सहमति गरेका थिए।मर्जरमा जाने निर्णयका कारण दुवै हाइड्रोको सेयर कारोबार दोस्रो बजारमा रोकिएको छ। अन्तिम कारोबार मितिमा रैरांगको सेयर प्रति कित्ता ५६३ रुपैयाँ १० पैसामा कारोबार भएको थियो भने रिडीको ८३८ रुपैयाँमा कारोबार भएको थियो।

हकप्रद निष्काशन गर्ने अपर तामाकोशीको निर्णय, चुक्ता पुँजी २१ अर्ब पुग्ने

अपर तामाकोशी हाईड्रोपावर लिमिटेडले हकप्रद निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीको आज बिहिबार बसेको संचालक समितिको बैठकले हाल कायाम चुक्ता पुँजीको १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । अब कम्पनीको उक्त प्रस्ताव आगामी साधारणसभामा पेश हुने छ । साधारणसभाले पारित गरेपछि विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।हाल कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रहेको छ । कम्पनीमा विद्युत प्राधिकरणको ४१ प्रतिशत, नेपाल टेलिकमको ६ प्रतिशत, तथा नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको समान २ प्रतिशत लगानी छ । त्यस्तै कम्पनीमा आयोजना प्रभावित स्थानीयको १० प्रतिशत र आम सर्बसाधारणको १५ प्रतिशत लगानी छ । बाँकि लगानी भने कर्मचारी संचय कोषका संचयकर्ता, आयोजनामा कर्जा लगानी गरेका संस्थाका कर्मचारी र विद्युत प्राधिकरणका कर्मचारीको छ । कम्पनीका अध्यक्ष कुलमान घिसिङले १ वर्ष अगाडी तामाकोशीले हकप्रद निष्काशन गरेर ऋण तिर्नु पर्ने र कम्पनीमा ऋण घटाउदै इक्विटी बढाउनु पर्ने बताएका थिए । उनले हकप्रद निष्काशन गरेर कम्पनीको ऋण तिर्न सकेको खण्डमा बिजुली बिक्रिबाट हुने आम्दानीले राम्रो प्रतिफल प्रदान गर्न सकिने उल्लेख गरेका थिए । कम्पनीले ७७/७८ को साधारणसभा आह्वान गरेको छैन ।हाल कम्पनीले ४५६ मेगावाटको अपार तामाकोशी आयोजना सम्पन्न गरि उत्पादन गरिरहेको छ।त्यस्तै कम्पनीले रोल्वालिङ खोलामा २२ मेगावाटको अर्को आयोजना निर्माणको तयारी गरिरहेको छ । रोल्वालिङ छोरोल्पा हिमतालबाट निस्केको पानी बग्ने खोला हो । रोल्वालिङ खोलाको पानी माथिल्लो तामाकोशीको बाँधस्थलभन्दा माथि लगेर खसाइने र त्यसबाट २२ मेगावाट विजुली उत्पादन गर्ने कम्पनीको तयारी छ। तामाकोशीको ऋण तिर्न र रोल्वालिङ खोला आयोजना निर्माण गर्न कम्पनीले हकप्रद निष्काशन गर्ने चर्चा बजारमा थियो । कम्पनीले शतप्रतिशत हकप्रद निष्काशन गरेमा कम्पनीको चुक्ता पुँजी २१ अर्ब नाघ्ने छ ।

हकप्रद निष्काशनको लागि ङादी ग्रुप पावरले चयन गर्यो बिक्रि प्रबन्धक

हकप्रद निष्काशनको लागि ङादी ग्रुप पावर Ngadi Group Power  ले बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले हकप्रद निष्काशनको लागि सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको हो । कम्पनीले १:२ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशन प्रस्ताव गरेको हो । कम्पनीको संचालक समितिले प्रश्ताव गरे बमोजिम आ.व. २०७७/७८ मा २० प्रतिशत बोनश तथा १.५ प्रतिशत कर सहित जम्मा २१.५ प्रतिशत वोशस शेयर जारी गर्ने र बोनश शेयर वितरण गरे पश्चात् कायम हुन आउने चुक्ता पुँजीको १:२ (१ बराबर २) को अनुपातमा हकप्रद शेयर निश्काशन गर्ने प्रस्ताव कम्पनीको २०७८/०६/०३ मा बसेको आठौं बार्षिक साधारण सभाले स्विकृत गरिसकेको छ ।  विद्युत नियमन आयोग र नेपाल धितोपत्र  बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने छ । कम्पनीले  लमजुङ्ग जिल्ला स्थित सिउरी खोलामा ५ मेगावाट क्षमताको सिउरीखोला जलविद्युत आयोजनाको निर्माण पुरा गरी व्यावसायीक उत्पादन गरी रहेको छ।

अरुण भ्याली हाइड्रोको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा अरुण भ्याली हाइड्रोपावर Arun Valley Hydropower Development Company को शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।  समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५२३ रुपैयाँ कायम भएको छ ।  समायोजन अघि कम्पनीको शेयर मूल्य प्रति कित्ता ५७५ रुपैयाँ थियो । कम्पनीले साधारणसभा प्रयोजनको लागि आज असोज ११ मा बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो । असोज १० गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।  कम्पनीले असोज २४ गतेको लागि साधारणसभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।त्यस्तै कम्पनीले हकप्रद पनि प्रस्ताव गरेको छ । कम्पनीले बोनस शेयर बितरण गरेपश्चात कायम हुने चुक्ता पुंजीको १:०.५ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि कम्पनीको हकप्रद प्रस्ताव अगाडी बढ्ने छ । कम्पनीको हकप्रदलै विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले पनि अनुमति दिनु पर्ने हुन्छ ।

अरुण भ्याली हाइड्रोको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अरुण भ्याली हाइड्रोपावर Arun Valley Hydropower Development Company को लाभांश सुरक्षित गर्ने आज असोज १० गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज ११ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज असोज १० गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।  कम्पनीले असोज २४ गतेको लागि साधारणसभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।त्यस्तै कम्पनीले हकप्रद पनि प्रस्ताव गरेको छ । कम्पनीले बोनस शेयर बितरण गरेपश्चात कायम हुने चुक्ता पुंजीको १:०.५ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि कम्पनीको हकप्रद प्रस्ताव अगाडी बढ्ने छ । कम्पनीको हकप्रदलै विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले पनि अनुमति दिनु पर्ने हुन्छ ।

अरुण भ्याली हाइड्रोको लाभांश घोषणा, हकप्रद पनि प्रस्ताव

अरुण भ्याली हाइड्रोपावर Arun Valley Hydropower Development Company ले लाभांश घोषणा गरेको छ । कम्पनीको आज बिहिबार बसेको संचालक समिति बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । कम्पनीले असोज २४ गतेको लागि साधारणसभा आह्वान गरेको छ । त्यस्तै कम्पनीले हकप्रद पनि प्रस्ताव गरेको छ । कम्पनीले बोनस शेयर बितरण गरेपश्चात कायम हुने चुक्ता पुंजीको १:०.५ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि कम्पनीको हकप्रद प्रस्ताव अगाडी बढ्ने छ । कम्पनीको हकप्रदलै विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डले पनि अनुमति दिनु पर्ने हुन्छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज १० गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।