वामदेव गौतम संयोजक रहेको पार्टी एकता राष्ट्रिय अभियानको दोस्रो बैठकमा प्रस्तुत राजनीतिक प्रस्तावमा १७ बुँदामा नेपालको संविधान संशोधन गर्नुपर्ने आवश्यकता औंल्याएको छ । प्रस्तावमा उपयुक्त समय र शक्ति निर्माण भएपछि नेपालको संविधानमा आवश्यक संशोधन गरिने उल्लेख छ ।आवश्यक संशोधनहरूमा नेपालमा लागू गरिएको संघीयतालाई आवश्यक परिमार्जन गरिने उल्लेख छ । त्यस्तै, प्रधानमन्त्रीका ठाउँमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीको शासकीय स्वरूप अवलम्बन गरिने बताइएको छ । प्रस्तावमा पूर्ण समानुपातिक निर्वाचन प