प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिन मूल गेटमा धर्ना दिने उद्देश्यले कानून व्यवसायीहरू बार परिसरमा भेला हुन थालेका छन् ।
बिहान साढे ९ बजेदेखि नै कानून व्यवसायीहरू बार परिसरमा भेला हुने क्रम शुरू भएको हो । मूल गेटमा नै प्रदर्शन हुने भएपछि सर्वोच्च परिसर र आसपासमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
बिहीवार शान्तिपूर्ण धर्नामा प्रहरी हस्तक्षेप भएको भन्दै बारले शुक्रवारदेखि आन्दोलन चर्काएको हो ।
आन्दोलनकारीलाई सर्वोच्च प्रवेश गर्न नदिन नेपाल बार एसोसिएसनबाट सर्वोच्च अदालत प्रवेश गर्ने गेट बन्द गर...