गृहमन्त्री बालकृष्ण खाँणले देशभर एकैपटक निर्वाचन हुँदा पनि छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन् । उनले सरकारले सीमित स्रोत र साधन उपयोग गरी पूर्ण दृढता र प्रतिबद्धताका साथ एकै पटक निर्वाचन सम्पन्न गरेकोमा सरोकारवाला निकायका प्रमुखहरूलाई धन्यवाद दिएका हुन् ।