नाराबाजीबीच सञ्चारमन्त्री कार्कीले संसद्मा प्रस्तुत गरे एमसीसी

सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले प्रतिनिधि सभाको बैठकमा अमेरिकी सहयोग सम्झौता एमसीसी प्रस्तुत गरेका छन् । प्रतिनिधि सभा बैठकको कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने भनिए पनि मन्त्री शर्मा अनुपस्थित भएपछि मन्त्री कार्कीले प्रस्तुत गरेका छन् । उनले ४ सय केभी विद्युत प्रसारण लाइन र सडक बनाउनका लागि ५ सय मिलियन डलर उपलब्ध गराउने विषयमा एमसीसी सम्झौता केन्द्रित रहेको जानकारी गराए । सम्झौता कार्यान्वयनमा आएको ५ वर्षमा आयोजनको काम सकिने बताउँदै उनले सम्झौता अनुमोदन गर्न आग्

सम्बन्धित सामग्री

एमसीसी छल्दै अर्थमन्त्री

काठमाडौं । मुलुकको अर्थतन्त्रको बागडोर सम्हालेका अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई छल्ने क्रम जारी राखेका छन् ।  गत आइतवार एमसीसी सम्झौता संसद्मा पेश गर्ने बेला बिरामी भएको कारण देखाएका शर्मा बिहीवार संसद् बैठक छल्न पर्वत पुगे । सोही दिन एमसीसीबारे छलफल गर्न संसद् बैठक बोलाइएको थियो । तर, पछि दलहरूबीच कुरा नमिल्दा बैठक स्थिगित गरियो । एमसीसी सम्झौता संसद्मा पेश गर्ने दिन अर्थमन्त्री शर्मा उपस्थित नभएपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त सम्झौतालाई छलफलका लागि संसद्मा पेश गरेका थिए । अर्थ मन्त्रालयमातहत रहेको एमसीसी परियोजनामा सहमति जुटाएर संसद्बाट निकास खोज्ने बेलामा मन्त्री शर्मा गैरजिम्मेवार तरिकाले उपत्यकाबाहिर ‘घुमफिर’ मा गएको भन्दै आलोचना भइरहेको छ । संसद् सचिवालयले सम्भावित कार्यसूची प्रकाशन गरेकै दिन बुधवार साँझ पर्वत पुगेका शर्मा पत्नी लक्ष्मीसहित कुश्मामा सञ्चालित बन्जी जम्प हेरेर ‘स्काई चियर’ मा खाजा खाएको तस्बिर सार्वजनिक भएको छ ।  संसद्मा एमसीसीबारे छलफल हुने भएपछि अर्थमन्त्री शर्माको पार्टी नेकपा माओवादी केन्द्र र गठबन्धन सरकारको अर्को साझेदार एकीकृत समाजवादी सदनदेखि सडकसम्म विपक्षमा छ । ती पार्टीका केही सांसदले टेबल गर्दाकै दिन संसद्मा एमसीसीको विरोध गरेका थिए । अहिले पनि सत्तारूढ माओवादी केन्द्र र एकृकीत समाजवादी पार्टीका कार्यकर्ता दिनँहुजसो सडकमा ढुंगामुडा गर्नमै व्यस्त छन् । एमालेलाई साथमा लिने देउवाको प्रयास एमसीसी पास गर्नेबारे सत्तारूढ दलभित्र सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन भंग गरेरै भए पनि एमालेलाई फकाउन लाग्नुभएको छ । बिहीवार संसद् बैठक स्थगन गरेर एमसीसी पास गराउनकै लागि प्रधानमन्त्री देउवाले एमालेसँग छलफल गर्नुभयो । उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटका क्रममा एमालेले हाल संसद्मा उठाएका सबै मागप्रति उदार भएर छलफल गरी निकास खोज्न आफू तयार रहेको बताएको देउवाको भनाइ उद्धृत गर्दै कांग्रेस महामन्त्री गगनकुमार थापाले बताएका छन् । महामन्त्री थापाका अनुसार एमसीसीमा सत्तारूढ दल माओवादी केन्द्र र एकीकृत समाजवादी, जनमोर्चाले साथ नदिने हो भने गठबन्धन यही बिन्दुबाटै समाप्त हुने संकेत ओलीसँगको भेटमा देउवाले गर्नुभएको थियो । कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले सदनको अवरोध खुलाएर एमसीसी पास गर्न एमालेसँग आग्रह गर्नुभयो । अहिले आफ्ना लागि सत्ता जोगाउने अंक गणितसँग कुनै सरोकार नभएको समेत छलफलमा बताउँदै एमसीसी संसद्बाट पारित गराउने विषय नेपालको अन्तरराष्ट्रिय सम्बन्ध र विश्वसनीयताको कुरा भएकोमा देउवाको जोड रहेको थापाले जानकारी दिए । जवाफमा एमाले अध्यक्ष ओलीले पार्टीभित्र छलफल गरेर एमसीसीमा सरकारलाई सहयोग गर्ने वा नगर्नेबारे जानकारी दिने बताएका थिए । एमाले अध्यक्ष ओलीसँग भेट गर्नुअघि देउवाले बिहीवार माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग निर्णायक वार्ता गर्नुभएको थियो । तर, दुवै पार्टीका अध्यक्षले एमसीसी पास गर्न अहिलेकै अवस्थामा आफूहरूले साथ दिन नसक्ने स्पष्ट पारेका थिए । संकट चुलिँदा चीनको चासो अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर नेपालमा राजनीतिक संकट चुलिँदै गर्दा उत्तरी छिमेकी चीनले चासो बढाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादी पाटीका अध्यक्ष माधवकुमार नेपालसँग चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका दुई शीर्ष नेताले बुधवार अलगअलग भर्चुअल वार्ता गरेका छन् । अमेरिकी सहयोग परियोजना एमसीसीसँगको सम्झौता संसद्बाट अनुमोदन हुन ढिला हुनुमा चीनको स्वार्थ रहेको अमेरिकाले आरोप लगाएका बेला यो संवाद भएको हो । वार्तामा चीनले गम्भीर सुरक्षा चिन्ता व्यक्त गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री चेन चाओले नेता नेपालसँगको कुराकानीका क्रममा एमसीसीका कारण नेपाली भूमिबाट चीनमाथि गम्भीर सुरक्षा चुनौती बढ्न सक्ने चिन्ता व्यक्त गरेको स्रोतले बतायो । ‘नेपाललाई हामीले निकट र घनिष्ठ मित्रका रूपमा रही त्यहीअनुसार अहिलेसम्म व्यवहार गर्दै आएका छौं,’ भर्चुअल बैठकमा ती नेताको भनाइ उद्धृत गर्दै नेपालनिकट नेताले भन्यो, ‘तर, अब नेपाली भूमिबाट हामीमाथि सुरक्षा चुनौती बढ्ने कुराले चिन्ता बढाएको छ । यसबारेमा तपाईंहरूले गम्भीरतापूर्वक सोच्नु आवश्यक भएको छ ।’

एमसीसीलाई लिएर परराष्ट्रमन्त्री खड्काको रहस्यमय मौनता

काठमाडौं, १२ फागुन । सरकारले एमसीसी प्रतिनिधिसभामा पेश गरिसकेको छ । सरकारको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले फागुन ८ गतेको बैठकमा एमसीसी पेश गरेका हुन् । उक्त प्रस्ताव दर्ता गर्दै गर्दाको अवस्थामा भने संसद्मा फरक दृश्य देखिएको थियो । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) का सांसदहरुले विरोधमा नाराबाजी गरेका थिए । यता, एमसीसीलाई लिएर सरकारका […]

एमसीसीको पक्षमा बहुमत जुटाउने रणनीतिको खोजीमा देउवा

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे आन्तरिक छलफल गर्दै छन् ।आइतबार संसद्मा टेबल भएको एमसीसीको पक्षमा बहुमत जुटाउने गृहकार्यका लागि पार्टीका नेताहरूसँग छलफल गर्न लागेका हुन् । प्रधानमन्त्री देउवाले सोमबार दिउँसो २ बजे एमसीसी अगाडि बढाउने भूमिका देखिएका नेताहरूलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएको जनाइएको छ । महामन्त्री गगन थापा, गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कानुनमन्त्री दि

अन्ततः यसरी टेबल भयो प्रतिनिधिसभामा एमसीसी

काठमाडौं, फागुन ९। लामो विवादपछि अमेरिकी सहायतासम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसिसी) अन्ततः प्रतिनिधिसभाको आइतबारको बैठकमा टेबल भएको छ । संसद्मा दर्ता भएको ३२ महिनापछि अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचनाप्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २२२ बमोजिम सम्झौतालाई प्रतिनिधि सभासमक्ष पेस गरेका हुन् । ३० असार २०७६ मा तत्कालीन अर्थमन्त्री युवराज […]

संसद्मा एमसीसी : सभामुखले नामै लिएनन्, सत्तापक्ष नै विरोधमा उत्रिए

प्रतिनिधि सभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबल हुँदा सत्तापक्षकै सांसदले चर्को विरोध गरेका छन् । राजनीतिक दलहरूबीच मतऐक्यता नभइ आइतबार सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सो सम्झौता पेश गरेका हुन् । एमालेले विगत झैँ संसद् अवरोध कायम राखेको थियो भने सत्ताघटक दल माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाका नेताहरूले विरोध जनाए । यस्तै एमालेका भीम रावल, नेमकिपाका प्रेम सुवालले पनि एमसीसी परियोजना संसद्‍बाट अघि बढाएको आपत्ति जनाए । एमसीसी परियोजनालाई संस

एमसीसी टेबल हुँदा संसद्मा जे देखियो, तस्बिरमा हेर्नुहोस्

संसद् भवनबाहिर विरोध प्रदर्शन र संसद्‍‍भित्रै पनि प्रतिपक्षी र सत्तारुढ दलकै कतिपय सांसदको विरोधका विवादित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी टेबल भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख अग्नि सापकोटाको अनुमतिमा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी बैठकमा टेबुल गरेका हुन् । कार्कीले एमसीसी टेबल गर्दै गर्दा प्रमुख प्रतिपक्षी दलले नाराबाजी जारी राखेका थिए । उनीहरुले एमसीसीको भन्दा पनि सभामुखको भूमिकालाई लिएर नाराबाजी गरेका हुन्

सञ्चारमन्त्री कार्कीले एमसीसी अनुमोदनको लागि संसद्मा टेबुल गराए (लाइभ)

काठमाडौं, ८ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी टेबुल भएको छ । सरकारको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकमा पेश गरेका हुन् । अर्थमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेस गरेका हुन् । सो सम्झौता अनुमोदनका लागि पेस गरिएको हो । मन्त्री कार्कीलेले एमसीसी पेस गरिरहँदा सांसदहरूले विरोध […]

सञ्चारमन्त्री कार्की भन्छन्–एमसीसीलाई संसद्मा निश्कर्षमा पुर्‍याउने विषयमा छलफल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार बसेको गठबन्धनको बैठकमा एमसीसीलाई सार्वभौम संसद्‍मा छलफल गराएर निष्कर्षमा पुर्‍याउने विषयमा छलफल भएको बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको दायित्व संसदलाई सुचारु गराउनुपर्ने भएकाले संसदलाई जीवित राख्न प्रमुख प्रतिपक्ष दल केपी शर्मा ओलीसँग छलफल गरेको दाबी गरे । उनले एमसीसी संसद्मा टेबल गर्ने विषयमा प्रधामन्त्री […]

संसद्मा एमसीसी टेबल गराउने कहाँ पुग्यो सरकारको तयारी ?

प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई संसद्मा टेबुल गराउन भगीरथ प्रयासमा छन् । सत्ता साझेदार दल, सभामुख र प्रमुख प्रतिपक्षीसँग देउवाले सघन छलफल अगाडि बढाएको पाइन्छ ।केही दिनयता प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कानुनमन्त्री दिलेन्द्र बडूमार्फत संवादलाई तीव्रता दिएको देखिन्छ । देउवाले उनीहरूलाई संसद्को गतिरोध अन्त्य र एमसीसी टेबुल गराउने परिस्थिति निर्माण गर्ने निर्देशन नै दिएको अवस्था छ ।एमसी