संसद् भवनबाहिर विरोध प्रदर्शन र संसद्भित्रै पनि प्रतिपक्षी र सत्तारुढ दलकै कतिपय सांसदको विरोधका विवादित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी टेबल भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख अग्नि सापकोटाको अनुमतिमा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी बैठकमा टेबुल गरेका हुन् । कार्कीले एमसीसी टेबल गर्दै गर्दा प्रमुख प्रतिपक्षी दलले नाराबाजी जारी राखेका थिए । उनीहरुले एमसीसीको भन्दा पनि सभामुखको भूमिकालाई लिएर नाराबाजी गरेका हुन्