जुम्लाको खलंगास्थित सडक डिभिजन कार्यालयले जुम्ला, हुम्ला, मुगु र कालीकोटसहित ४ जिल्लाको सडकको काम हेर्नुपर्ने हुन्छ । २०७१ सालमा कार्यालय स्थापना भए पनि दरबन्दी अनुसारका कर्मचारीहरूको पदपूर्ति कहिल्यै पनि भएन ।
कार्यालय स्थापना भएको १ वर्ष जति त्यहाँ कार्यालय प्रमुखको रूपमा डिभिजन प्रमुखले काम गरेका थिए तर १ वर्ष पछिदेखि हालसम्म अर्थात् ६ वर्ष डिभिजन प्रमुख त्यहाँ गएकै छैनन् ।
अत्यन्त दुर्गम जिल्ला भएका कारण डिभिजन प्रमुखको रूपमा कोही पनि जान तयार नहुने हुँदा सडक विभागले त्यहाँ कायममुकायम डिभिजन प्रमुखको दरबन्दी सिर्जना गरेक...