नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट विभाजित बनेर दर्ता भएको नेकपा (एकीकृत समाजवादी) पार्टीले कास्की जिल्ला र पोखरा महानगर कमिटी गठन गरेको छ । पार्टी अध्यक्ष एवं तत्कालीन एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एमालेमा रहँदा नै जिल्लामा समानान्तर कमिटी गठन गरेकामा आज दुवै कमिटीको संयुक्त बैठक बसेर एकीकृत समाजवादी पार्टीमा रूपान्तरण भएको हो । जिल्ला कमिटीमा धनराज आचार्यको अध्यक्षतामा १८५ सदस्यीय जिल्ला कमिटी र मुक्तिनाथ पौडेल अध्यक्ष रहेको १४१ सदस्यीय महानगर कमिटी गठन गरिएको पार्टीका युवा नेता पूर्ण लामाले जानकारी दिए ।