भाडा वृद्धिको माग राख्दै पेट्रोलियम ढुवानी व्यवसायीहरुले पाँचौ पटक आन्दोलनको घोषणा गरेका छन् । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै व्यवसायीहरुको छाता संगठन पेट्रोलियम ढुवानी व्यवसायी महासंघले भाडा वृद्धिका लागि भदौ २५ गतेसम्मको अल्टिमेटम दिएको हो । यदि माग पुरा नभए असोज १ गतेदेखि पूर्ण रुपमा पेट्रोलियम पदार्थको ढुवानी रोकी सप्लाई चेन नै अवरुद्ध पार्ने महासंघले चेतावनी दिएको छ । महासंघले २४ गतेसम्म भाडा वृद्धि नगरिए २५ गतेबाट आन्तरिक तथा वाह्य दुवै प्रकारका पेट्रोलियम ढुवानीको अग्रिम ढुवानी