सिन्डिकेट तोड्ने सरकारी निर्णयको विरोधमा यातायत ब्यवसायीहरुले आन्दोलनको घोषणा गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर ५ वटा ब्यवसायीहरुको संगठनले वैशाख महिनाभर आन्दोलन गर्ने घोषणा गरेको हो । नेपाल यातायत ब्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायत व्यवसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएन र ढुवानी यातायत महासंघले संयुक्त रुपमा…