विरगञ्ज, भदौ १३। कोरोना संक्रमणको दुईपटकको लहरबाट थलिएका बारा–पर्साका उद्योगहरू यतिबेला पुरानो लयमा फर्किने प्रयत्नमा छन् । कोरोनाबाट प्रभावित उद्यम व्यापार स्वाभाविक गतिमा ल्याउने प्रयासमा लागेका उद्यमीहरूलाई पुनःसम्भावित तेस्रो लहरको त्रासले भने छोडेको छैन । कोरोनाको तेस्रो लहर आएमा फेरि बन्दाबन्दी वा निषेधाज्ञा लगाइने र व्यापार व्यवसाय प्रभावित हुने चिन्ताले उद्योगीहरूलाई सताएको वीरगञ्ज उद्योग वाणिज्य […]