सुर्खेत । गत बिहीबार नेकपा एमाले वैधानिक रुपमै विभाजन भयो । एमाले विभाजनको असर कर्णाली प्रदेशमा पनि परेको छ । तत्कालीन नेकपा हुँदै एमालेमै आन्तरिक विवादको सुरुवात भएको कर्णालीबाटै हो । पार्टी विभाजनपछि कर्णालीमा माधवकुमार नेपाल नेतृत्वको नेकपा समाजवादी र केपी शर्मा ओली नेतृत्वको एमालेका नेताहरु पार्टीलाई कसरी अगाडि बढाउने भन्ने बारेमा बहस र छलफलमा होमिएका छन् ।एमालेको पछिल्लो अधिवेशनबाट जिल्ला नेतृत्व सम्हालेका १० मध्ये ७ जना माधव समूहमा खुलेका थिए । तीमध्ये पनि अहिलेसम्म मुगु, जुम्ला र रुकुमपश्