काठमाडौँ : निजी क्षेत्रले सरकारले चालु आर्थिक वर्षको पुँजीगत खर्च बढाउनुपर्नेमा जोड दिएका छन्।काठमाडौँमा बिहीवार शुरु भएको आठौँ घरजग्गा मेलाको उद्घाटन कार्यक्रममा निजी क्षेत्रले सरकारले चालु खर्चलाई बढाउनुपर्नेमा जोड दिएको हो। नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले चालु आर्थिक वर्षको ५ महिना पूरा हुँदा पुँजीगत खर्चको अवस्था ज्यादै न्यून रहेको बताए। उनले बजेटको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको बताए।उनले यस अवधिमा १५ प्रतिशत पनि पुँजीगत खर्च नभएको