म्याग्दी - दशैँलाई लक्षित गरेर मुस्ताङबाट च्याङ्ग्रा बजार निकासी हुुन थालेको छ । म्याग्दी, कास्की, पर्वत, बाग्लुङ, काठमाण्डाैलगायत जिल्लाबाट च्याङ्ग्रा खरिद गर्नका लागि व्यापारी मुस्ताङका कृषकको गोठमै पुगेका छन् । भेटेरेनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र मुुस्ताङका निमित्त प्रमुख ऋषिराम पोखरेलले मङ्गलवार हिजाेसम्म एक हजार दुुई सय भेडा च्याङ्ग्रा निकासी भएको जानकारी दिनुुभयो ।
'जोमसोमको नाकाबाट मङ्गलवार मात्रै चार सयवटा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको छ', उहाँले भन्नुुभयो, 'पछिल्लो त...