चीनबाट स्वास्थ्य सामाग्री आज आइपुग्ने

काठमाडौं।चीन सरकारले सहयोगस्वरुप दिएको स्वास्थ्य सामाग्री आज काठमाडौं आइपुग्ने भएको छ। नेपाल एयरलाइन्सले बेइजिङबाट ४०० थान सिलिन्डर र ४०० थान अक्सिजन कन्सन्ट्रेटर लिएर दिउँसो साढे २ बजे काठमाडौं आइपुग्ने छ। यसअघि, चीनबाट पहिलो चरणमा वैशाख २८ गते ४०० सिलिन्डर, १७० कन्सन्ट्रेटर र १० भेन्टिलेटर ल्याएको थियो। चीनले सहयोगस्वरुप नेपाललाई २० हजार सिलिन्डर दिने घोषणा गरेको छ।

सम्बन्धित सामग्री

चीनबाट भोली ६५० थान अक्सिजन कन्सन्ट्रेटर सहितका स्वास्थ्य सामाग्री आउने

काठमाडौं। चीन सरकारले अनुदान सहयोगमा पठाउने स्वास्थ्य सामाग्री बुधबार काठमाडौं आइपुग्ने भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चीनले भोली ६५० थान अक्सिजन कन्सन्ट्रेटर, २० हजार थान अक्सिजन नेजल क्यनुला र २० हजार थान अक्सिजन फेस मास्क नेपाल पठाउँदैछ। चार्टर्ड जहाजमा ती स्वास्थ्य सामाग्री काठमाडौं ल्याउन लागिएको हो। भोली नै ती सामाग्री चीनले नेपाललाई हस्तान्तरण गर्नेछ।

चीनले पठाएको ५० लाख आरएमबी बराबरको स्वास्थ्य सामाग्री अर्को साता आइपुग्ने

काठमाडौं। चीनले सहयोगस्वरुप पठाएको ५० लाख आरएमबी बराबरको स्वास्थ्य सामाग्री अर्को साता काठमाडौं आइपुग्ने भएको छ। परराष्ट्र मन्त्रालयकाअनुसार चीनबाट अर्को साता काठमाडौं आइपुग्ने स्वास्थ्य सामाग्रीमा ४० वटा भेन्टिलेटर्स, २० वटा अटोमेटेड एनलाइजर्स, १० वटा डीआर मेसिन, २० वटा पोर्टेवल अल्ट्रासाउण्ड र ३० वटा एनेस्थीसिया मेसिन रहेका छन्। ती सामाग्री अर्को साता तातोपानी नाका आइपुग्ने छन्।

चीनले पठाएको ५० लाख आरएमबी बराबरको स्वास्थ्य सामाग्री अर्को साता आइपुग्ने

काठमाडौं। चीनले सहयोगस्वरुप पठाएको ५० लाख आरएमबी बराबरको स्वास्थ्य सामाग्री अर्को साता काठमाडौं आइपुग्ने भएको छ। परराष्ट्र मन्त्रालयकाअनुसार चीनबाट अर्को साता काठमाडौं आइपुग्ने स्वास्थ्य सामाग्रीमा ४० वटा भेन्टिलेटर्स, २० वटा अटोमेटेड एनलाइजर्स, १० वटा डीआर मेसिन, २० वटा पोर्टेवल अल्ट्रासाउण्ड र ३० वटा एनेस्थीसिया मेसिन रहेका छन्। ती सामाग्री अर्को साता तातोपानी नाका आइपुग्ने छन्।

नेपाल एयरलाइन्सले चीनबाट ल्यायो २ हजार ३३५ अक्सिजन सिलिण्डर

काठमाडौं। नेपाल एयरलाइन्सको जहाज मार्फत हालसम्म चीनबाट २ हजार ३ सय ३५ अक्सिजन सिलिण्डर काठमाडौं ल्याइएको छ। नेपाल वायु सेवा निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले निगमको जहाजले अक्सिजन सिलिण्डरको अलवा चीनबाट अक्सिजन कन्सन्ट्रेटर लगायत स्वास्थ्य सामाग्री पनि काठमाडौं ल्याएको बताइन्। निगमको जहाजले जेठ १ गते ओमनबाट ५ सय ६० वटा अक्सिजन सिलिण्डर समेत ल्याएको उनले जनाइन्।

चीनबाट नेपालतर्फ हिड्यो अक्सिज सिलिन्डर

काठमाडौ। चीन सरकारले नेपाललाई सहयोगस्वरुप दिने भनेको स्वास्थ्य सामाग्री नेपालतर्फ पठाएको छ। उत्तरी व्यापारिक नाका तातोपानीतर्फ चीनले ती सामान पठाएको हो। तातोपानी भन्सार प्रमुख नारद गौतमले चीनबाट नेपालतर्फ सामान छुटिसकेको जानकारी आएको बताए, “सामान आउनसाथ आवश्यक प्रक्रिया पूरा गरेर फास्टट्र्याकमा सामान काठमाडौं पठाउँछौं।” उनले आफूहरु शनिबारदेखि त्यही सामानको प्रतिक्षमा रहेको बताए।

दोस्रोपटक सिलिन्डर लिन चीन जाँदै वाइडबडी

काठमाडौं। दोस्रो लटको स्वास्थ्य सामाग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी विमान आज चीन जाने भएको छ। चीन सरकारले सहयोगस्वरुप दिने स्वास्थ्य सामाग्री लिन वाइडबडी आज साँझ बेइजिङ जाने भएको हो। वाइडबडीले चीनबाट ४०० थान अक्सिजन सिलिन्डर र ४०० थान कन्सन्ट्रेटर लिएर आउनेछ। यसअघि वाइडबडीले वैशाख २८ गते ४०० सिलिन्डर, १७० कन्सन्ट्रेटर र १० भेन्टिलेटर ल्याएको थियो।

चीनबाट स्वास्थ्य सामाग्री ल्याउँदै व्यवसायी घिमिरे

काठमाडौं। एभरेष्ट ग्यासका अध्यष शिवप्रसाद घिमिरेले चीनबाट सात दिनभित्र स्वास्थ्यसामाग्री ल्याउने भएका छन्। उनले ५ हजार अक्सिजन ब्याग र ५ हजार अक्सिजन मास्क ल्याउने भएका हुन्। यसैगरी १० लिटर क्षमताका २२ र ४० लिटर क्षमताका २२५० अक्सिजन सिलिन्डर पनि ल्याइनेछ। पहिलो चरणमा सोमबार ब्याग र मास्क आइपुग्नेछ। यस्तै सिलिन्डर भने जेठ ७ गतेभित्र आइपुग्ने बताइएको छ।

चीनबाट स्वास्थ्य सामाग्री ल्याउने नेपाली सप्लायर्सहरुको तयारी

२१ चैत, काठमाडौं । नेपाली मेडिकल सप्लायर्सहरुले चीनबाट स्वास्थ्य सामाग्री ल्याउने पहल थालेका छन् । अहिले चीनमा सामाग्रीहरु जम्मा गर्ने क्रम सुरु भएको रसायन तथा मेडिकल आपूर्ति संघ नेपालका अध्यक्ष सुरेश घिमिरेले जानकारी दिए । सीजी …