स्वास्थ्य सामग्रीको गुणस्तर कस्ले हेर्ने ?

सरकारले कोरोना विरुद्धको स्वास्थ्य सामाग्री ल्याउदा गुणस्तर परिक्षण नगरेको जानकारहरुको आरोप छ । सामग्री गुणस्तरीय छैन भने बिरामीको ज्यान जान सक्ने भन्दै सहयोग लिने निकाय चनाखो हुनुपर्ने बायोमेडिकल इन्जिनियर हरिराम दवाडी बताउछन् । अनाधिकृत रुपमा भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर धेरै नक्कली आउन थालेको दवाडीको भनाई छ । मेडिकल आपूर्ति संघ नेपालका अध्यक्ष सुरेश घिमिरेले पनि नक्कली सामानको बिक्रि बढेको बताए ।