चितवनमा हिजोदेखि नेकपा एमालेको महाधिवेशन सकियो । काठमाडौंमा आजदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन सुरु भएको छ । एमालेमा भीम रावलले केपी ओलीसँग चुनाव लडेजस्तै राप्रपामा अध्यक्ष कमल थापालाई राजेन्द्र लिङ्देनले चुनौती दिएका छन् । तर, लिङ्देनको अवस्था एमाले नेता रावलको जस्तो कमजोर छैन । थापा र लिङ्देनबीच अध्यक्ष पदमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।राप्रपाको महाधिवेशन हुँदै गर्दा नेतृत्वको विषयमा जति अन्तरविरोध चर्किएको छ, पार्टीको राजनीतिक लाइन र कार्यदिशाका सन्दर्भमा चाहिँ खासै विवाद भए