दुई वर्षभित्र नेपालीको औसत आयु ७३ वर्ष पुर्‍याइने

६ कात्तिक, काठमाडौं । नेपालीको सरदर आयु २०७७ सालसम्म ७३ वर्ष पुर्‍याउने लक्ष्य राखिएको छ । हाल सरदर आयु ७२ वर्ष रहेको छ । राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित मध्यकालीन खर्च प्रतिवेदनमा सो लक्ष्य निर्धारण तय गरिएको …

सम्बन्धित सामग्री

औसत आयु वृद्धिको अर्थ

नेपालीको औसत आयु निरन्तर बढ्दो छ । २०४८ सालमा औसत आयु ५४.३ वर्ष रहेकामा ३० वर्षपछि १७ वर्ष बढेर ७१.३ वर्ष पुगेको छ । यो १० वर्षअघिको तुलनामा पनि ४.७ वर्षले बढी हो । औसत आयु निरन्तर वृद्धिले सचेतना अभिवृद्धि एवं स्वास्थ्य प्रणालीमा आएको सुधारलाई प्रतिबिम्बित गर्छ ।

१० वर्षअघिको आर्थिक अभियानबाट : अमेरिकाको औसत आयु घट्यो

अश्वेत अमेरिकीहरूबाहेक सबै अमेरिकीहरूको औसत आयु केही घट्न पुगेको छ । बिहीवार प्रकाशित एक प्रतिवेदनअनुसार अश्वेत अमेरिकीहरूको औसत आयु भने साढे दुई महीनाले बढेको छ । नेशनल सेन्टर फर हेल्थ स्टाटिस्टिक्सले संकलन गरेको तथ्यांकअनुसार धेरैजसो अमेरिकी पुरूषहरूको औसत आयु सन् २००८ मा ७५ दशमलव ३ वर्ष रहेको थियो, जुन २००७ को औसत आयुभन्दा एक दशांश वर्षले कम हुन आउँछ । सोही अवधिमा महिलाहरूको औसत आयु पनि ८० दशमलव ४ वर्षबाट घटेर ८० दशमलव ३ वर्षमा झरेको थियो । अश्वेत पुरूषहरूको आयु भने २००७ को भन्दा शून्य दशमलव २ वर्षले बढेर २००८ मा ७० दशमलव २ वर्षमा पुगेको थियो । अश्वेत पुरूषहरू अझै पनि सबैभन्दा कम औसत आयु भएका अमेरिकी हुन् जो श्वेत महिलाभन्दा १० वर्ष कम बाँच्दछन् । सबैभन्दा बढी औसत आयु हुनेमा श्वेत महिलापछि क्रमश: अश्वेत महिला तथा श्वेत पुरूष पर्दछन् । श्वेत महिला सबैभन्दा लामो जीवन बाँच्ने र अश्वेत पुरूष सबैभन्दा छोटो जीवन बाँच्ने प्रवृत्ति गत तीन दशकदेखि नै एकनासको देखिएको छ ।  वर्ष ६, अंक ८०, शुक्रवार, २५ मङ्सिर, २०६७

किन घटिरहेको छ अमेरिकीहरूको आयु ?

अमेरिकामा पछिल्लो सय वर्षमा पहिलोपटक मानिसहरुको औसत आयुमा ठूलो गिरावट आएको छ । योसँगै अमेरिकीहरुको औसत आयु ७६ वर्षमा झरेको छ । जबकि पछिल्लो दुई तीन वर्षअघि सम्म अमेरिकीहरुको औसत आयु ७९ वर्ष थियो । सन् १९०० को सुरुवातदेखि अमेरिकामा उत्कृष्ट चिकित्सा व्यवस्था तथा औषधिहरुको कारण मानिसहरुको औसत आयु उच्च रहँदै आएको थियो । तर […]

'नेपालीको औसत आयु नै कम भएकाले वृद्धभत्ता दिने उमेर घटाइएको हो '

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले नेपालीको औसत आयु नै थोरै भएकाले सामाजिक सुरक्षा भत्ता दिने उमेर कम बनाइएको बताएका छन्। बजेट छलफलमा उठेका प्रश्नको शुक्रबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्। उनले १५ औं आवधिक योजनाले निकालेको निष्कर्ष अनुसार ६९.७ वर्ष आयु रहेकाले सामाजिक सुरक्षा भत्ता दिने उमेर कम गरिएको बताए।योभन्दा अघि ७० वर्षमा वृद्धभत्ता दिइँदै आएकोमा आगामी आर्थिक वर्षको नयाँ बजेटमा उमेर घटाएर ६८ वर्षमा झारिएको छ।मन्त्री शर्माले आगामी आर्थिक वर्षक

नेपालीको औसत आयु कम भएकाले कम उमेरमै भत्ता दिन लागेका हौं : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले नेपालीको औसत आयु नै थोरै भएकाले सामाजिक सुरक्षा भत्ता दिने उमेर कम बनाइएको बताएका छन् । बजेट छलफलमा उठेका प्रश्नको शुक्रबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री शर्माले  १५...

चिनियाँ महिलाको औसत आयु ८० वर्षभन्दा बढी

सन् २०२० मा चिनियाँ महिलाहरूको औसत आयु ८०.८८ वर्ष पुगेको छ। सन् २०१० मा ७७.३७ वर्ष रहेको चिनियाँ महिलाहरूको औसत आयु  १० वर्षमा करिब तीन प्रतिशतले बढेको राष्ट्रिय तथ्याङ्‍क ब्यूरो (एनबीएस) ले मङ्‍गलबार जानकारी दिएको छ।