प्रेम सुनारगुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकामा शुक्रवारदेखि सातौ गाउँसभा सुरु भएको छ । फागुन १६ गते सम्म चल्ने गाउँसभाको उद्घाटन सत्रलाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष अशोकुमार थापाले पूर्वाधार विकास , शिक्षा स्वास्थ्य र सुशासनमा गुल्मीदरबार गाउँपालिकाले अब्बल काम गरेको दावी गरे ।उनले त्यस गाउँपालिकाले गरेका मुख्य कामहरुको फेहरिस्त पेश गरे । उनले गाउँपालिकामा नागरिक सहायता कक्षको स्थापना , गाउँपालिकाको पहिचान सहितको लोगो निर्माण, मासिक ई–वुलेटिन प्रका