सगरमाथा क्षेत्रमा चिसाेका कारण रोकिएका विकास निर्माणका काम सुरु

सोलुखुम्बु - सोलुखुम्बुको सगरमाथा क्षेत्रमा रोकिएका विकास निर्माणकाे कामले गति लिन थालेको छ । अत्यधिक चिसोका कारण हिउँदमा स्थगित गरिएका विकास निर्माणका कामहरु मौसम तातो हुन थालेसँगै सुरु हुन थालेकाे गाउँपालिकाले जनाएको छ ।अहिले खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ को खुन्दे क्षेत्रमा करिब एक महिनादेखि रोकिएको खानेपानी योजनाको काम सुरु भएकोे छ। यसअघि नै पाइप बिछ्याउने काम सम्पन्न गरे पनि अत्यधिक चिसोका कारण बाँकी काम गर्न नसकिएकाे प्रवक्ता ल्हाक्पा छिरिङ शेर्पाले बताउनुभयो । मौसम अनुकूल...