नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा चुनाव परिचालन कमिटी गठन गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीका सबै सदस्यहरु, केन्द्रीय निकाय अनुशासन, निर्वाचन आयोग, लेखा आयोग, केन्द्रीय प्रतिनिधि परिषद्का पदाधिकारीहरुलाई कमिटीमा राखेको छ ।